सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रुसमा ६० जनाको ज्यान जानेगरी भएको आक्रमणको जिम्मा आईएसले लियो

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसमा ६० जनाको ज्यान जानेगरी भएको आक्रमणको जिम्मा आतंकवादी सङ्गठन, इस्लामिक स्टेट्स (आईएस)ले लिएको छ ।

मस्कोको क्रोकस सिटी हलमा गएराति भएको आक्रमणमा कम्तिमा ६० जनाको ज्यान गएको छ भने १ सय ४५ जना भन्दा धेरै घाइते भएका छन् । इस्लामिक स्टेटले यो घटनाको जिम्मा लिएको छ । रुसको गुप्तचार निकायले आक्रमणकारी भागेको र खोजी भइरहेको जनाएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । आज रुसभरी हुने सबै सार्वजनिक कार्यक्रम स्थगित भएका छन् । गएराति एउटा कार्यक्रम भइरहेको हलभित्र पसेर आक्रमणकारीले अन्धाधुन्ध गोली बर्साएका थिए । त्यसपछि हलमा आगो लागेको थियो ।

अमेरिकाले यसअघि नै रुसलाई आक्रमण हुन सक्ने चेतावनी दिए पनि रुसले बेवास्ता गरेकाले ठूलो आतंककारी हमला भएको जनाएको छ । यसैबीच, नेपाल सरकारले आतंकवादी हमलाको निन्दा गर्दै मृतकमा श्रद्धाञ्जली व्यक्त गरेको छ । यो दुःखमा नेपाल सरकार रुसी सरकार र नागरिकसँगै रहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, चिनियाँ राष्ट्रपति सि जिनपिङ, फ्रान्सका राष्ट्रपति इमानुुएल म्याँक्रो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समवेदना सन्देश पठाउनुभएको छ । सन्देशमा आक्रमणको निन्दा गर्दैै ज्यान गुमाएकालाई श्रद्धाञ्जली व्यक्त गरिएको छ । तीनै जनाले आतंकवाद विश्वकै साझा चुनौतीको रुपमा रहेको र यसविरुद्ध एक भएर लड्नुपर्ने बताएको बीबीसीको खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान र इजरायलबीचको दुश्मनी कसरी शुरु भयो ?

इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

कब्जामा रहेका १७ भारतीयलाई रिहा गर्न इरानलाई विदेशमन्त्री जयशंकरको आग्रह

साइप्रासकाे घाेषणाः सिरयालीलाई अब शरणार्थी मान्यता दिन सकिदैन्

अमेरिका मध्यपूर्वमा सङ्कट ‘बढेको’ हेर्न चाहँदैन

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

के हो इजरायलको एयर डिफेन्स सिस्टम ?

सलमान खानको घर बाहिर गोली चल्यो

इजरायलमा इरानी आक्रमण

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा