सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मस्कोमा आक्रमणमा १३३ जनाको मृत्यु

२०८० चैत्र ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसको एउटा कन्सर्ट हलमा हतियारधारीले अन्धधुन्ध गोली चलाउँदा १ सय ३३ जनाको मृत्यु भएको छ भने १ सय ४० जना गम्भीर घाइते भएका छन्।

शुक्रबार राति रुसको राजधानी मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्यान्डको कन्सर्टमा जम्मा भएका दर्शकमाथि अन्धधुन्ध गोली प्रहार भएको बीबीसीले जनाएको छ। आक्रमणकारीले स्वचालित हतियारबाट गोली चलाउनुका साथै विस्फोटक पदार्थको पनि प्रयोग गरेका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्धधुन्ध गोली चलाउने चार जनालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिएका छन्। पुटिनका अनुसार घटनालगत्तै युक्रेनतर्फ भाग्न लागेका उनीहरूलाई रुसी सुरक्षाफौजले पक्राउ गरेको हो। उनले आक्रमणलाई ‘बर्बर आतंकवादी कृत्य’ भनेका छन्। उनले आइतबार राष्ट्रिय शोकको घोषणा पनि गरेका छन्। यसैगरी रुसी मानव अधिकार आयोगले पनि यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

कन्सर्टअघि हलमा भेष बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो। हमला गरिएको भवनमा आगलागी हुँदा धेरै मानिस भित्रै फसेका थिए। घटनास्थलबाट सुरक्षाकर्मीले १ सय ४५ जनाको उद्धार गरी स्वास्थ्य संस्थामा पठाएको जनाइएको छ।

सुरक्षाकर्मीले ६ घन्टा लगाएर त्यहाँको आगो निभाएका थिए। मस्कोको सबैभन्दा लोकप्रिय कन्सर्ट हलमा ६ हजार २ सय मानिस अटाउने क्षमता भए पनि त्यहाँ कति मानिस थिए भन्ने एकिन भइनसकेको जनाइएको छ। घटनामा युक्रेनको संलग्नता रहेको रुसले आरोप लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान र इजरायलबीचको दुश्मनी कसरी शुरु भयो ?

इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

कब्जामा रहेका १७ भारतीयलाई रिहा गर्न इरानलाई विदेशमन्त्री जयशंकरको आग्रह

साइप्रासकाे घाेषणाः सिरयालीलाई अब शरणार्थी मान्यता दिन सकिदैन्

अमेरिका मध्यपूर्वमा सङ्कट ‘बढेको’ हेर्न चाहँदैन

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

के हो इजरायलको एयर डिफेन्स सिस्टम ?

सलमान खानको घर बाहिर गोली चल्यो

इजरायलमा इरानी आक्रमण

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा