सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रूसमा आज राष्ट्रिय शोक, पुटिनले भने, ‘कन्सर्ट हलको सामुहिक हत्याको बदला लिइनेछ

२०८० चैत्र ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कन्सर्ट हलमा भएको आक्रमणलाई ‘बर्बर आतङ्ककारी कार्य’ भनेर टिप्पणी गरेका छन ।

सो कार्यमा संलग्न सबै अपराधीलाई बदला लिने वाचासमेत उनले गरेका छन्।

शनिबार टेलिभिजनमा सम्बोधन गर्दै पुटिनले युक्रेनी सीमा पार गर्नुअघि नै सबै चार बन्दुकधारीलाई पक्राउ गरिएकोसमेत बताएका छन ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुटिनले आक्रमण पछि आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा भने, ‘म आज तपाईसँग रक्तपातपूर्ण, बर्बर आतंकवादी कार्यको सम्बन्धमा बोल्दै छु, जसको शिकार दर्जनौं निर्दोष, शान्तिप्रिय मानिसहरू हुन पुगेका छन ।’

क्रेमलिनका नेताले भने, ‘आतंकवादी हमलाका चारै जना अपराधीलाई हिरासतमा लिइएको छ। उनीहरु युक्रेनतर्फ भागिरहेका थिए। प्रारम्भिक जानकारी अनुसार उनीहरुलाई सीमापार लैजाने तयारी भइरहेको थियो।’ रूसको एफएसबी सुरक्षा सेवाले यस अघि आक्रमणकारीहरू युक्रेनीहरूसँग सम्पर्कमा रहेको बताएको थियो किनभने उनीहरूले रूसबाट युक्रेनतर्फ भाग्न खोजिरहेका थिए।

शुक्रबार साँझ सशस्त्र बन्दुकधारीहरूले मस्कोको उत्तरी छेउमा रहेको एउटा उपनगरमा रहेको क्रोकस सिटी हलमा कम्तिमा ११५ जनाको हत्या गरेका थिए। कन्सर्ट हलमा आगो लगाइयो थियो, जसको जिम्मा इस्लामिक स्टेट समूहले सो आक्रमणको जिम्मेवारी लिएको छ तर रुसी अधिकारीहरूले भने त्यसको उल्लेख गरेका छैनन्।

‘आतंकवादी, हत्यारा, गैर मानवहरूले अविस्मरणीय सजायको सामना गर्नेछन्,’ पुटिनले भने। पुटिनले आइतबार रुसमा राष्ट्रिय शोक घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान र इजरायलबीचको दुश्मनी कसरी शुरु भयो ?

इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

कब्जामा रहेका १७ भारतीयलाई रिहा गर्न इरानलाई विदेशमन्त्री जयशंकरको आग्रह

साइप्रासकाे घाेषणाः सिरयालीलाई अब शरणार्थी मान्यता दिन सकिदैन्

अमेरिका मध्यपूर्वमा सङ्कट ‘बढेको’ हेर्न चाहँदैन

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

के हो इजरायलको एयर डिफेन्स सिस्टम ?

सलमान खानको घर बाहिर गोली चल्यो

इजरायलमा इरानी आक्रमण

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा