सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मैत्रीपूर्ण खेलमा ब्राजिल र जर्मनी विजयी

२०८० चैत्र ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र जर्मनी विजयी भएका छन्। गए राति सम्पन्न खेलमा ब्राजिलले इङल्याण्डलाई र जर्मनीले फ्रान्सलाई पराजित गरेको हो।

ब्राजिलले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो। ब्राजिलले युवा खेलाडी एनड्रीकको गोलमा जित हासिल गरेको हो। १७ बर्षिय एनड्रीकले खेलको ८०औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । एनड्रीकले ब्राजिलका लागि तेस्रो खेलमा पहिलो गोल गरेका थिए। उनलाई ब्राजिलको नयाँ सुपरस्टार खेलाडीको रूपमा हेरिएको छ।

व्यावसायिक रूपमा उनले स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गरिसकेका छन् र उनी आगामी जुलाईदेखि रियल म्याड्रिडमा आबद्ध हुने छन्। हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब ब्राजिलले मार्च २७ मा स्पेनसँग खेल्ने तालिका रहेको छ। त्यस्तै इङल्याण्डले भने अर्को खेल मार्च २७ मै बेल्जियमसँग खेल्ने तालिका रहेको छ।

त्यसै गरी गए राति सम्पन्न खेलमा जर्मनीले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा फ्लोरियन विर्त्ज र काइ हाभेर्टले एक एक गोल गरेका थिए।

हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब जर्मनीले अर्को खेल नेदरल्याण्डससँग मार्च २७ मा खेल्ने छ भने फ्रान्सले मार्च २७ मै चिलीसँग खेल्ने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइपिएलमा आज कोलकोता र राजस्थान खेल्दै

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

राष्ट्रपति रनिङ सिल्ड मंगलबारदेखि

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

जीतपुरसिमरा गोल्डकप: उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै

एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी