सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो पहिलेदेखिको मागमा दृढ छौँ : लोसपा वरिष्ठ उपाध्यक्ष, जितेन्द्र सोनल (अन्तवार्ता)

२०८० चैत्र ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतसँग नेपालको सहकार्यका सम्बन्धमा तपाईंहरूको पार्टीको निर्णय के हो ? 

प्रधानमन्त्री प्रचण्डजीको भारत भ्रमणका वेलामा भएको दश हजार मेगावाट बिजुली भारतमा निर्यातसम्बन्धी सहमतिलाई हामीले स्वागत गर्‍यौँ । त्यसले मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने हाम्रो विश्वास छ । दोस्रो, भारत सरकारले नेपालको सामुदायिक उच्च प्रभावका आयोजनामा विगतमा पाँच करोडको सीमाबाट अहिले एउटा परियोजनालाई २० करोडसम्म लगानी गर्ने बाटो खुलाउनुलाई पनि हामीले स्वागत गरेका छौँ । वास्तवमा २० करोड रुपैयाँसम्मको भारतीय अनुदानले ग्रामीण क्षेत्रमा विकास पूर्वाधार परियोजनाले गति लिन्छ ।

तर, तपाईंहरूले अर्को छिमेकी चीनसँग बिआरआईअन्तर्गत सहकार्यका सम्बन्धमा चाहिँ आलोचना गर्नुभयो नि ? 

हामीले पार्टीमा नेपाल-चीन सम्बन्धको समग्रतामा छलफल गरेनौँ, केवल बिआरआईबारे छलफल गर्‍यौँ । यसमा नेपालमा विनाअध्ययन छलफल र बहस भइरहेको छ । बिआरआई ऋणमा आधारित सहकार्य भएको हुनाले अहिलेका घटनाक्रमको अध्ययनबाट हामीले बिआरआईको ऋण नेपालको हितमा छैन भन्ने निष्कर्ष निकालेका छौँ । विभिन्न देशमा बिआरआईको अप्रिय उदाहरण र नेपालमा पनि स्पष्टता नभएको हुनाले यो नेपालको हितमा छैन भन्ने हाम्रो निष्कर्ष रह्यो ।

पार्टीको आन्तरिक जीवनका विषयमा चाहिँ के–के निर्णय गर्नुभयो ? 

हामीले ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र महाधिवेशन गर्ने भनेका छौँ । अहिले मुलुकको संघीयतामाथि भएका प्रहार लामो संघर्ष र बलिदानको अपमान हो । हामी संघीयताका पक्षमा दह्रो रूपमा उभिन्छौँ । संविधान संशोधन हुनुपर्छ भन्ने हाम्रो पहिलेदेखिको मागमा दृढ छौँ । प्रहरी तथा प्रशासनिक समायोजनमार्फत संघीयता थप सुदृढ गर्नुपर्छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लागू हुनुपर्छ भन्नेमा पनि हामी स्पष्ट छौँ ।नयाँपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अहिलेका सत्ता पक्षले नागरिकता विधेयक आउँदा संसद चल्नै दिएन : कांग्रेस सांसद, रामहरि खतिवडा (अन्तवार्ता)

सुशासन र डेलिभरीका काममा यो पटक अत्यन्तै खरो ढंगले हामी उभिन्छौं : कानुनमन्त्री, पदम गिरी (अन्तवार्ता)

नेपाल दुई भव्य महलबीचको सुन्दर छाप्रो : डा. देवेन्द्रराज पाण्डे (अन्तवार्ता)

काँग्रेसले हिन्दु राष्ट्रमै जाऔं भन्ने गरिरहँदा हामीले त्यसलाई गम्भीर रूपमा लिएकै हौं : माओवादी उपमहासचिव, वर्षमान पुन (अन्तवार्ता)

नेतृत्वप्रति नै अविश्वसनियता बढेकोले चौध महिनामा तीन पटक सरकार परिवर्तन भए : काँग्रेस नेता, रमेश लेखक (अन्तवार्ता)

आधारभूत प्रश्नबाट कांग्रेस पछि हटेपछि विश्वासको सङ्कट पैदा भयो : प्रवक्ता, अग्नी सापकोटा (अन्तर्वार्ता)

अर्थतन्त्र केही दबाब वा चापमा छ, गतिमा मन्दी आए पनि संकटमै छैन : अर्थमन्त्री, वर्षमान पुन (अन्तवार्ता)

हामी राजनीतिक रूपमा दुवै छिमेकीसँग समनिकटताको सम्बन्ध राख्छौँ : परराष्ट्रमन्त्री, नारायणकाजी श्रेष्ठ (अन्तवार्ता)

जनतालाई डेलिभरी दिनुपर्छ भन्ने आत्मविश्वासका साथ सत्ता समीकरणमा साझेदार भएका हौं : विनाविभागीय मन्त्री, डीपी अर्याल (अन्तवार्ता)

कांग्रेसका कारण गठबन्धन टुटेको होइन, प्रधानमन्त्रीकै कारण टुटेको हो : एनपी साउद, (अन्तवार्ता)

राष्ट्रिय सभाको गरिमा बढाउन र स्तर वृद्धि गर्नका लागि त्यही खालका प्रतिनिधि सदनमा जानुपर्छ : राष्ट्रियसभा अध्यक्ष, गणेश प्रसाद तिमिल्सिना (अन्तवार्ता)

वडादेखि केन्द्रसम्म अधिवेशन गरेर सबै ठाउँमा नेतृत्व चयन गरौं : लोसपा नेता, सर्वेन्द्रनाथ शुक्ल (अन्तवार्ता)