सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गरिँदै

२०८० चैत्र ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ। ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवर्द्धन र संरक्षण गर्न लागेको हो।

रैथाने आलु संरक्षणको अभियानमा लागेको गाउँपालिकालाई ज्ञान केन्द्रले पनि प्रविधिमा साथ दिएको हो। सदरमुकाममा अधिकांश होटलमा प्रयोग हुने आलुमा ताराखोलाको बढी माग हुने गर्छ। तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखालले बताए। बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो।

बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला र ढोरपाटनको आलु खोज्ने गरेका छन्। जैविक भएकाले सबैको रोजाइमा ताराखोलाकै आलु पर्ने गरेका बताइएको छ। ताराखोलाका किसानले रासायनिक मल प्रयोग गर्दैनन्। अग्र्यानिक आलु भएकाले खान पनि मीठो हुँदा बजारमा सहजै बिक्री हुन्छ।

सबैको चासो र अर्ग्यानिक भएकाले कृषि ज्ञान केन्द्रले ताराखोलामा रैथाने आलु प्रवर्द्धनको काम गरेको हो। आलुमा मिसावट नभएकाले रैथाने आलु प्रवर्द्धन कार्यक्रम बनाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताए।

‘हामीले अहिलेसम्म ताराखोलाको आलुमा रासायनिक मल सिफारिससम्म गरेका छैनौँ’, उनले भने, ‘अग्र्यानिक आलुकै रुपमा बजार पाउने अवस्था छ।’ पुनका अनुसार ताराखोलामा मात्रै ‘खाएन आलु प्रवर्द्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरेको उनले बताए। त्यसका लागि न्यूनतम पाँच सय हेक्टर जमिन छनोट भएको छ। रैथाने आलु प्रवर्द्धन गरेर बजारीकरणमा समेत केन्द्रले साथ दिएको छ।

गत वर्ष ताराखोलामा साढे सात लाख किलो आलु फलेको थियो। उक्त आलु पोखरा, बुटवल र बागलुङका बजारमा सहजै बिक्री हुने गरेको छ। ज्ञान केन्द्रले उत्पादनपछि प्रतिकिलो रु दुइ किसानलाई अनुदान दिने गरेको छ। कम्पोस्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताए।

किसानले आलुबाटै मनग्ये कमाई पनि गरेका छन्। आलुको बजार सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुनले बताए। ताराखोलामा आलु भण्डारणको ‘स्टोर’ पनि बनेका छन्। स्थानीय स्रोत साधनबाटै बनेका घरमा आलु भण्डारण गरिने वडा नं ४ की गमिला रोकाले बताए। त्यसबाहेक तारखोलामा बोडी, सिमी, राजमा, च्याउ, कर्कलो, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र मार्सी चामल ताराखोलाका उत्पादन हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

राप्रपाको काठमाडौँ केन्द्रित जनप्रदर्शनका क्रममा घाइते डाँगीको मृत्यु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री पुग्दै

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

नागढुङ्गा सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै

कस्तो छ आजको मौसम ?

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

हरियो तरकारी तथा फलफुलको यस्तो छ आजको मूल्य