सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पुलिसले घर घेरेपछि भागेको चोरद्वारा डेढ घण्टापछि त्यही घरमा फर्किएर चोरी

२०८० चैत्र १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चोरी गर्दागर्दै छिमेकीले सूचना दिएपछि घर घेर्न प्रहरी आउनासाथ भागेको चोर करिब डेढ घण्टापछि सोही घरमा फर्किएर चोरी गरी फरार भएको छ ।

घटना भारतको पन्जाब राज्यको जालन्धरमा भएको हो । गुरु गोविन्द सिंह एभेन्यु क्षेत्रको एउटा घरमा चोर प्रवेश गरेको थियो । दिउँसै पर्खाल नाघेर घरमा कोही प्रवेश गरेको देखेपछि छिमेकीले प्रहरीलाई सूचना दिएका थिए ।

लगत्तै उक्त घरमा प्रहरीको एउटा टोली पुगेको थियो । तर प्रहरीकै सामु पर्खाल नाघेर चोर भाग्न सफल भयो । केहीबेरमा प्रहरी पनि त्यहाँबाट फर्किएको थियो । तर उक्त घटनाको करिब डेढ घण्टापछि उक्त चोर कपडा फेरेर फेरि त्यही घरमा पर्खाल नाघेर प्रवेश गरेको थियो । यतिबेला छिमेकीले चोरलाई देखे पनि पक्राउ गर्न सफल भएनन् ।

यी दुवै घटना सीसीटीभी क्यामेरामा कैद भएको छ । प्रहरीले चोर पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ । उक्त घरमा के–कति सामान चोरी भयो भन्ने खुल्न सकेको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

गर्लफ्रेन्ड चाहियो भन्दै पैसा तिरेर फेसबुकमा विज्ञापन !

जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियाे, देशैभरी लगाइयाे आपतकाल

माेबाइल हरायाे, अब नाे टेन्सन गुगलकाे ‘फाइन्ड माई डिभाइस नेटवर्क’ले भेटाइदिनेछ

पूर्ण सूर्यग्रहण, जसले ढाक्यो पुरै महादेश

महिलाहरुको किन आउँछ दाह्री जुँगा ?

मर्नुअघि मानिसले कस्तो पछुताउ गर्छन् ?

यस्ता छन् घरमा मनी ट्री रोप्दाका फाइदा