सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘जून ओर्लेको रात’ बजारमा

२०८० चैत्र १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ । पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक कृति हो । यसअघि उहाँको २०७४ सालमा ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो ।

कविता संग्रहमा प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध पक्ष समेटिएका ५७ ओटा कविता प्रस्तुत गरिएको छ । समाजको विद्यमान विकृति विसङ्गतिलाई उल्लेख गर्दैै ‘जून ओर्लेको रात’ को ‘शिक्षा’ शीर्षकको कवितामा उहाँ भन्नुुहुन्छ,

“मेरो छोरो
सन्तुलित आहार पढ्छ किताबमा
र भान्छामा
असन्तुलित आहारा खान्छ ।
मेरी छोरी
पढ्छे शारीरिक व्यायाम
तर
सुत्छे घाम तन्नेरी भएसम्म ।।”

कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायत साहित्यिक विधामा कलम चलाउने पौडेल समालोचनाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । पोखरेली साहित्यको विकासका लागि सञ्चालित ‘पुछारसिटे’ अभियानका संयोजकसमेत रहेका पौडेल नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको महासचिव हुनुहुन्छ ।

पौडेलको यो कृति अम्बर पब्लिकेसन, नयाँदिल्लीले प्रकाशन गरेको हो । नेपालमा पुस्तकको वितरण व्यवस्थापन माया पब्लिकेसनले गरेको छ । कूल एक सय पाँच पृष्ठमा समेटिएको कृतिको मूल्य रु दुई सय ७५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तीन सर्जकका तीन कृति लोकार्पण

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

गीतकार थापा र गायिका देशार सम्मानित

‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने–फुलाउने सन्देश

बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन

साहित्यकारद्वय त्रिपाठी र बन्धुलाई मनिराज वाङ्मय पुरस्कार

‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ सार्वजनिक

पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति

प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

पौडेलको ‘‘मन मूच्छर्ना’ लोकार्पण

भाषा, साहित्यको मायाले थाक्छौँ