सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संविधान नमान्ने समुहको बेग्लै बिरोधका कार्यक्रम तय  (विज्ञप्ती सहित)

२०७६ असोज ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल सरकारले चौथो संविधान दिवस भब्य रूपले मनाउन आफ्ना मातहतका सबै निकायलाइ शसक्त रूपमा परिचालन गरिरहेको बेला नेपाल आदिवासी जनजाति महासंघ लगायतका विभिन्न जातिय संघ संस्थाहरूले भने २०७२ अशोज ३ गते घोषणा भएको संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएका छन् ।

आदिवासी जनजाति महासंघ लगायतका विभिन्न जातिय मोर्चाहरूले आज राजधानीका विभिन्न स्थानमा बिरोध प्रदर्शन गर्ने कार्यक्रम समेत राखेका छन् । आदिवासी जनजातिको अगुवाइमा हुने बिरोध प्रदर्शनमा (मधेशी) तराई मधेश राष्ट्रिय परिषद् एवं मधेशी समन्वय समिति रहेका छन् । यसैगरी दलित मुक्ति शिल्पी आन्दोलन, आदीवासी जनजाती अन्तर पार्टी संजाल, समाजवादी आदीवासी जनजाती महासंघ, राष्ट्रिय जनता परिषद्, अखिल नेपाल आदीवासी जनजाती महासंघ लगायतका पहिचानवादी मोर्चाहरु पनि सहभागी रहनेछन् ।

उनीहरूले असोज ३ गते शुक्रबार संविधान दिवसको दिन माईतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने भनेपनि सरकारको धरपक्कड र गिरफतारीबाट बच्न न्युरोड जुद्द शालिकमा अपरान्ह ३ बजे भेला जम्मा हुने र संविधानको बिरोधमा प्रदर्शन गर्ने बताएका छन् । यसैगरी लक्ष्मण थारू संयोजक रहेको थारुहट/थारुवान राष्ट्रिय मोर्चाले पनि वर्तमान संविधानको बिरोधमा शुक्रबार अपरान्ह ३ बजे भृकुटीमण्डपमा पहिचान सहितको ब्यानर, प्लेकार्ड सहित बिरोध प्रदर्शन गर्ने तयारीमा रहेको प्रेश विज्ञप्ती मार्फत जनाएको छ ।

पहिचानबादीहरूले संविधानको विरोधमा शुक्रबार साँझ ७ बजेदेखी आधाघण्टा सम्म व्ल्याक आउट (Black Out)  गर्ने पूर्व योजना रहेको छ । साथै सोही दिन मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि उपत्यका लगायत देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने भएको छ ।

संविधान संसोधनको माग गरि प्रदेश २ को सरकारमा समेत सहभागी रहेको राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा अपरान्ह २ बजे “संविधान संशोधन अपरिहार्यता” बिषयक अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । सो पार्टीले तत्काल संविधानको विरोध पनि नगर्ने र संविधान संशोधन नभएसम्म दिवस पनि नमाउने निर्णयमा पुगेको छ ।

सत्तारूढ समाजबादी पार्टीले पनि मध्यान्ह १२ बजे नेपा: बैंकेट, खुशीबु, नयाँ बजार काठमाण्डौमा संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, बरिष्ट नेता अशोक राई लगायतको उपस्थितिमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले पनि २०७२ साल आश्विन ३ गते जारी नेपालको संविधान अझै पनि लोकतान्त्रिक, समावेशी र सर्वस्वीकार्य हुन नसकेको भन्दै विभिन्न कोणबाट बिरोध जनाउदै आइरहेको छ । पूर्वराजा सर्मथक शाही युवा शक्ति नेपालले पनि संविधान जारी भएको दिनलाइ कालो दिनको रूपमा मनाउदै विभिन्न विरोधको कार्यक्रमहरू गर्दै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

‘नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ’ : प्रधानमन्त्री दाहाल

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

आज १५ दिन पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कदै

बजार अनुगमन थप प्रभावकारी बनाउनुस्: कार्यवाहक प्रधानमन्त्री खड्का

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

उपेन्द्र यादव लागे अमेरिका