सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विकास निर्माणमा सबै एकजुट हुनुपर्छः राष्ट्रपति

२०८० चैत्र १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण हुने ज्येष्ठ नागरिक भवनको आज शिलान्यास गर्नुहुँदै राष्ट्रपति पौडेलले विकास निर्माणमा एकजुट हुन आफूले राजनीतिक दलका नेताहरुलाई भन्ने गरेको स्मरण गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु १५ करोड लगानीमा निर्माण हुन लागेको १८ कोठे भवनको राष्ट्रपति पौडेलले शिलान्यास गर्नुभएको हो ।

तनहुँको गाइघाट क्षेत्रको विगतको अवस्थाबारे चित्रण गर्दै उहाँले पञ्चायतका कठिन दिनहरुमा आफूहरु त्यहाँ सङ्गठन निर्माण गर्न जाँदा गरिबी र अभावले खानसमेत नपाइने अवस्था रहेको स्मरण गर्दै लोकतन्त्रपछि त्यस क्षेत्रले काँचुली फेरेको बताउनुभयो । गाइघाटमाथिको एउटा वडामा मात्रै पनि करोडौको सुन्तला फल्ने गरेको र त्यसलाई बजारसम्म पु¥याउन त्यहाँ पुलको आवश्यकता रहेको उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले प्रतिगामीहरुको स्वर्ग अतितमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने समेत उल्लेख गर्नुभयो । “अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ, तर हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौ”, उहाँले भन्नुभयो ।

उहाँले विदेश पलायन भएर यहाँ केही नभएको भनेर कुरा काट्नु पनि अनुचित भएको बताउँदै भन्नुभयो, “हाम्रो देश पृथ्वीमै स्वर्ग जस्तै छ, यसैलाई यही बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोतः राष्ट्रपति

राष्ट्रपति पौडेल तनहुँमा

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

राष्ट्रपति पौडेलद्वारा नयाँ वर्षको शुभकामना

इद पर्वले बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस : राष्ट्रपति पौडेल

सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना: राष्ट्रपति

युवापुस्तामा सकारात्मक भावना जाग्रित गर्नुछ: प्रधानमन्त्री

समुन्नत र समृद्ध नेपाल नै नेपालीको चाहना: राष्ट्रपति

प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकताः राष्ट्रपति

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिएको राजिनामा स्विकृत

मन्त्रिपरिषद्को बैठक सकियो, यस्ता छन् निर्णयहरु