सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विभिन्न अन्तरसंवादसँगै सकियो ‘इलाम साहित्य महोत्सव’

२०८० चैत्र १८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’ आज सकिएको छ । महोत्सवमा विभिन्न १८ सेसनमा अन्तरसंवाद भयो । साहित्यमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा सञ्चालित दुईदिने साहित्य महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे एकै थलोमा अन्तरसंवाद भएको थियो ।

महोत्सवमा आजको अन्तिम सेसनमा ‘कस्तो राजनीति’ शीर्षकमा डा सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबीच बहस भएको थियो । आजै ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णबीच बहस भयो भने ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबीच बहस भयो । ‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाबीच संवाद, ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङले बहस गर्नुभयो ।

त्यस्तै, ‘अक्षर मोहः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयबीच बहस ‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीबीच बहस, ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा अस्मिता विष्टबीच बहस भयो ।

यसअघि शुक्रबार पनि नौवटा विषयमा बहस भएको थियो । उद्घाटनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘नेपालको संरचनागत सङ्कट र दिगो समाधान’ विषयमा सम्भाषण दिनुभएको थियो । सोही दिन ‘सङ्घीयताः यस्तै वा कस्तो ?’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरुप र सुमिनाबीच बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा अरुण गुप्ता र राजन मुकारङबीच बहस र ‘आख्यानः अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र वसन्त बस्नेतबीच बहस भएको थियो ।

त्यसैगरी ‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वर्णिम वाग्लेको प्रस्तुति थियो भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस भएको थियो ।

‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ भएको महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, चिन्तक, लेखक, राजनीतिकर्मी, कलाकारलगायत दुई सयभन्दा बढीको सहभागिता थियो । इलाममा साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तीन सर्जकका तीन कृति लोकार्पण

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

गीतकार थापा र गायिका देशार सम्मानित

‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने–फुलाउने सन्देश

बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन

साहित्यकारद्वय त्रिपाठी र बन्धुलाई मनिराज वाङ्मय पुरस्कार

‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ सार्वजनिक

पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति

प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

पौडेलको ‘‘मन मूच्छर्ना’ लोकार्पण

भाषा, साहित्यको मायाले थाक्छौँ