सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अजय देवगनका कारण कुमारी छिन तब्बु

२०८० चैत्र १८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  चलचित्र क्रु २९ मार्चमा हलमा रिलिज भएको थियो ।

यस फिल्ममा करिना कपुर, तब्बु र कृति सेनन एयर होस्टेसको भूमिकामा छन् । पुरै फिल्म यी तीनको वरिपरि घुमेको छ । फिल्मले पहिलो दिन विश्वभर बक्स अफिसमा करिब २० करोडको कलेक्सन गरेको छ ।

योसँगै अभिनेत्री तब्बुको कामको पनि निकै तारिफ भइरहेको छ । तब्बु करिना र कृति दुवैभन्दा जेठो भए पनि उनी कुमारी हुन् । यसबारे अभिनेत्रीले धेरै वर्षअघि केही भनेकी थिइन् ।

केही वर्षअघि तब्बु अजय देवगनसँग  ‘द कपिल शर्मा शो’ मा आएकी थिइन् । त्यही क्रममा कपिलले उनीसँग बिहे नगर्नुको कारण सोध्दा अभिनेत्रीले यसको पछाडिको रोचक कथा सुनाइन् । यो कथा अजय देवगनसँग सम्बन्धित छ किनभने तब्बु र अजय कलेजका साथी हुन् । उनीहरुले सँगै धेरै फिल्म पनि गरेका छन्, जुन सफल पनि भएका छन् ।

ब कपिल शर्माले तब्बुलाई सोधे, ‘तिमी यति सुन्दर र प्रतिभाशाली छौ, तब तिम्रो जीवनमा अहिलेसम्म किन कोही आएन ? किन बिहे नगरेको ? यो कुरामा तब्बुले अजय देवगनतर्फ औंल्याएर भनिन्,  ‘उसलाई सोध ।’

अभिनेत्रीले थप भनिन्, ‘जब कुनै केटा मलाई कलेजमा प्रपोज गर्न आउँथ्यो, अजयले उसलाई म तिम्रो लायक छैन भनी भगाउँथे । त्यसपछि समय बित्दै जाँदा बिहे गर्ने सोचको अन्त्य भयो ।’

तर, अभिनेत्रीले हाँस्दै यसो भनिन् । मिडिया रिपोर्टका अनुसार अजय र तब्बुले एकअर्कालाई कहिल्यै डेट गरेनन् किनभने उनीहरू असल साथी बन्न पाउँदा खुसी थिए। धेरै रिपोर्टमा तब्बु कुनै समय साउथ अभिनेता नागार्जुनसँग प्रेममा थिइन् भन्ने पनि बताउँछन् । तर, अभिनेत्रीले यसबारे खुलेर  अझै केही पनि भनेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अभिनयसँगै रामायणको निर्माता बने यश

अक्षय-टाइगरकाे बडे मियाँ छोटे मिया, हिरो भन्दा भिलेन आकर्षक

क्षेत्रीको अध्यक्षतामा संगीतकर्मी संघको दोहोरी विशेष समिति गठन

अर्को इदमा सलमान खानको ‘सिकंदर’ रिलिज हुने

जुनियर एनटीआर ऋतिक रोशनसँगै वार-२ मा देखिने, हुनेछ दोहोरो भुमिका

नेपाल चलचित्र संघका अध्यक्ष महर्जनद्वारा केन्द्रीय कार्य समिति गठन

गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ को टिजर सार्बजनिक हुदैँ

आइपिएलमा आज दुई खेल हुदै

फराह खानले फेरी पनि शाहरूख खानलाइ आर्मी अफिसर बनाउने

१४ वर्षपछि अभिनयमा कमब्याक गर्दै फरदीन खान

अमिर खानसँगको डिभोर्सका बारेमा किरण रावले बल्ल मुख खोलिन