सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जिम्मा लिएको काममा लापरबाही गर्नु हुँदैन : महानिरीक्षक अर्याल

२०८० चैत्र १८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका स्थानमा कुनै किसिमका गैरकानुनी क्रियाकलाप हुन नदिन र आफू पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन  निर्देशन दिनुभएको छ ।

सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं १ बराहवाहिनी मुख्यालयको २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा र राजस्व छली नियन्त्रणको काम गर्दै आएको बताउनुभयो ।  उहाँले सीमा क्षेत्रमा भएका सम्पूर्ण नराम्रो कामको जिम्मा त्यहाँ खट्नेहरुले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा खट्नेहरुका लागि समस्या पनि धेरै छन् तर जिम्मा लिएको काममा कसैले लापरबाही गर्नु हुँदैन । जानीजानी गरेका गल्ती अपराध सरह हुन्छन् । कर्तव्य पालनाका सिलसिलामा भएका गल्ती भने सुधार्न सकिन्छ ।”

कार्यक्रममा सशस्त्र प्रहरी बल बराहवाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरीलाई चुस्त, दुरुस्त र  अनुशासित बनाउन शून्य सहनशीलता अपनाइएको बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण

सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाको नयाँ प्रवक्तामा गौरवकुमार केसी

आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौंः मुख्यमन्त्री जम्कट्टेल

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन्ः प्रधानमन्त्री

यस्तो छ साेमबार विदेशी मुद्राको विनिमय दर

प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सिंहबीच भेटवार्ता

गोरखा-जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोलीलाई पाल्पामा स्वागत

नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा

नेपाल राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको छ: पूर्वअर्थमन्त्री लोहनी

न्यायालय सुधारमा प्रगति, उपलब्धि सन्तोषप्रद

देशमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकेनन्- पूर्वराजा ज्ञानेन्द्र