सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

२०८० चैत्र १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ। प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गरेकी हुन्।

‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर–४ का प्रकाश थापालाई प्रदान गरिएको छ। यसैगरी ‘कृष्णबम मल्ल प्रज्ञा सम्मान’ भरतपुर–१२ का प्रा डा. कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ।

‘चित्रवन प्रज्ञा पुरस्कार’ भरतपुर–१० का डि आर पोखरेललाई प्रदान गरिएको छ। उनलाई ‘संस्कृतिको सोपानमा चितवन’ कृतिका लागि सो पुरस्कार प्रदान गरिएको हो। उनीहरूलाई जनही रु ५० हजारसहित सम्मान गरिएको हो।

यसैगरी ‘वागिश्वरी प्रज्ञा पुरस्कार’ भरतपुर–१ की सिम्रन क्षेत्रीलाई उहाँको ‘झुमर’ उपन्यासका लागि प्रदान गरिएको छ। ‘भरतपुर प्रज्ञा पुरस्कार’ (काव्यतर्फ) भरतपुर–१ कै जगन्नाथ पण्डित (घरबारीमा तोरी फुल्यो कविता संग्रह) लाई प्रदान गरिएको छ। ‘भरतपुर प्रज्ञा पुरस्कार’ (आख्यानतर्फ) अष्टदेव खनाललाई प्रदान गरिएको छ। उनीहरूलाई जनही रु २५ हजार ७८ सहित सम्मान गरिएको हो।

यस्तै, राष्ट्रिय खुला कथा प्रतियोगिता, २०८० मा नुवाकोटका अनन्त लम्सालको ‘अन्तिम पथ’ शीर्षकको कथा सर्वोकृष्ट भएको छ। उनलाई रु ४० हजार ७८ सहित सम्मान गरियो। सो विधामा लमजुङकी अनिता पन्थीको ‘मृत्युको अपिल’ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गर्‍याे। उनलाई रु ३० हजार ७८ सहित सम्मान गरिएको छ। काभ्रेपलाञ्चोकका समीप खड्काको ‘भाग्यको कुरो’ शीर्षकको कथाले उत्तम स्थान प्राप्त गर्‍याे। उनलाई रु २० हजार ७८ बाट पुरस्कृत गरिएको छ।

मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) लाई ‘पहिचान’ र राधिका कल्पित (राधिका गौतम पौडेल)लाई ‘अब लजाउँदैन लज्जावती’ शीर्षकको कथाका लागि जनही रु १० हजार ७८ बाट पुरस्कृत गरिएको छ।

प्रतिष्ठानद्वारा आयोजित ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिताका उत्कृष्टलाई समेत सम्मान गरिएको छ। उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीको निबन्ध सर्वोकृष्ट घोषित भयो। उनलाई रु १० हजार ७८ सहित पुरस्कृत गरिएको छ।

यस्तै, अनुस्का न्यौपानेलाई रु आठ हजार ७८, चिरञ्जीवी दाहाललाई रु ६ हजार ७८ तथा सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही रु चार हजार ७८ तथा प्रमाणपत्रसहित सम्मान गरिएको प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीले जानकारी दिए।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए। प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तीन सर्जकका तीन कृति लोकार्पण

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

गीतकार थापा र गायिका देशार सम्मानित

‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने–फुलाउने सन्देश

बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन

साहित्यकारद्वय त्रिपाठी र बन्धुलाई मनिराज वाङ्मय पुरस्कार

‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ सार्वजनिक

पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति

प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित

पौडेलको ‘‘मन मूच्छर्ना’ लोकार्पण

भाषा, साहित्यको मायाले थाक्छौँ