काठमाण्डौः प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
मलंगवा बजारबाट स्रोत नखुलेको नगद रकमसहित हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले दुई जनालाई स्रोत नखुलेको २७ लाख ७५ हजार ६ सय ७० नगदसहित पक्राउ गरेको जानकारी दिए ।
पक्राउ पर्नेमा २४ वर्षिया कमर राजा र ४० वर्षिया आरिफ अंसारी छन् । प्रहरी टोलीले सुचनाको आधारमा राजाको साथबाट कालो रंङ्गको झोलाबाट नगद १ सयका एक हजार थान गरि १० लाख र लक्ष्मी सनराईज बैंकको ९ लाख ९० हजार जम्मा गरेको २ वटा भौचरसमेत बरामद गरेको छ ।
प्रहरीले अनुसन्धानको क्रममा उक्त रकम अन्सारीको रहेको र उनले सञ्चालन गरेको फोन सिटि मोवाईल पसलमा छापा मार्दा खैरो रङको कपडाको झोला भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा १ सयको दरको नोट १ हजार ४ सय ५४ थान गरि १४ लाख ५४ हजार, ५ सयको नोट ६सय २२ थान ३ लाख ११ हजार १ सय को नोट १ सय ९ थानमा १० हजार९ सय गरि १७ लाख ७५ हजार ९ सय ७० गरि जम्मा २७ लाख हजार ९ सय बरामद गरेको छ ।
प्रहरीकाअनुसार आरिफ अंसारी मानव तस्करी र अवैध सुनकारोबारी समेत रहेको खुलेको छ । उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ।
उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत सलाहीमा प्रहरीलाई अनुमति दिएको छ।