सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शैक्षिकसत्रअगावै आइपुगे जिल्लामा पाठ्यपुस्तक

२०८० चैत्र १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: आगामी शैक्षिकसत्र सुरु हुनुअगावै तनहुँमा पाठ्यपुस्तक आउने भएको छ । शैक्षिकसत्र २०८१ सुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घले जनाएको छ ।

निजी क्षेत्रले प्रकाशन गरेका सबै पाठ्यपुस्तक जिल्ला भित्रिसकेको भन्दै जनकशिक्षा सामग्रीले प्रकाशन गरका पुस्तक केन्द्रमार्फत आज जिल्लामा आइपुग्ने महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखि ४ सम्मका सबै पाठ्यपुस्तक आइसकेका छन् ।

श्रेष्ठले भन्नुभयो, “पोखरास्थित जनकशिक्षा सामग्रीबाट आज कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक आइपुग्छन् । जिल्लाका पुस्तक व्यवसायीले त्यसका लागि शुल्क बुझाइसकेका छन् । पाठ्यपुस्तक आएपछि विद्यालयमा पुस्तक वितरण थाल्छौँ ।” उहाँका अनुसार जिल्लाभरि ६५ पुस्तक व्यवसायी छन् ।

सबै व्यवसायीले रकम भुक्तानी गरिसकेकाले सबैलाई छुट्टाछुट्टैरुपमा पुस्तक आउने श्रेष्ठले जानकारी दिनुभयो । सबै पुस्तक आइसकेपछि व्यवसायीले विद्यालयमा पुस्तक वितरण गर्नेछन् ।

जिल्लामा समयमै पाठ्यपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज कट्टेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तक व्यवसायीले चैत २० गतेभित्र सबै पुस्तक ल्याउँछौँ भन्नुभएको छ । पुस्तक आएपछि वितरणका लागि इकाइले सहमति दिएसँगै वितरण थालिनेछ ।” इकाइका अनुसार तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन् ।

आँबुखैरेनी गाउँपालिका–६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भर्ना अभियानसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले वार्षिक परीक्षा अन्तिम चरणमा छ । चैत २७ गते नतिजा प्रकाशन भएपछि यो महिनाभित्रै विद्यार्थीको हातमा पुस्तक पु¥याउछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षा मन्त्रालयद्वारा कर्मचारी पदस्थापन र सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा

नेपालगन्जबाट ९ करोड बढीको पाठ्यपुस्तक बिक्री

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

‘संस्कार शिक्षा’ मा विद्यालय र बालबालिकाको आकर्षण बढ्दो

त्रिविले माग्यो ९ जना प्राध्यापक {विवरणसहित}

त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थीको क्षमता बढ्यो

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक

‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता