सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु गरिने’

२०८० चैत्र १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताउनुभएको छ ।

राष्ट्रियसभाको ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को आजको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य गर्ने अभियानको सरुआत त्रिभुवन विश्वविद्यालय(टियु)बाट गरिने बताउनुभयो ।

“शिक्षा क्षेत्रको लगानी परिणाममुखी हुन नसक्नुका कारण दलीय भागबन्डा हो”, उहाँले भन्नुभयो, “मेरो पहिलो प्रयास टियुको सेवा आयोगमा भागबन्डा नगरी नियुक्त गर्न सुरु गरेको छु ।” उहाँका अनुसार सेवा आयोगको सदस्यका लागि आवेदन दिन खुल्ला आह्वान भइसकेको छ ।

शिक्षा क्षेत्रमा भएका प्रगति र अवस्थाबारे छलफल गर्न आयोजित बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले चालु आर्थिक वर्षमा हालसम्म भएका कार्यविवरण र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँले शिक्षामा बजेट थप गर्नुपर्ने जनाउँदै जाजरकोट भूकम्पपीडित क्षेत्रका विद्यालय पुनःनिर्माण कार्ययोजना अगाडि सार्ने बताउनुभयो । “भूकम्पपीडित क्षेत्रका विद्यालय मर्मतमा बजेट बढाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “यसका लागि आर्थिक स्रोत जुटाउने कार्य भइरहेको छ ।”

बैठकमा सांसदहरु जगप्रसाद शर्मा, इन्दिरादेवी गौतम, राजेन्द्रलक्ष्मी गैरे लगायतले शिक्षाको स्तरोन्नतिको विषयमा सुझाव राख्नुभएको थियो । समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले राजनीतिकरणरहित सामुदायिक विद्यालय सञ्चालनमा रहेको उदाहरण प्रस्तुत गर्दै शिक्षाको गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षा मन्त्रालयद्वारा कर्मचारी पदस्थापन र सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा

नेपालगन्जबाट ९ करोड बढीको पाठ्यपुस्तक बिक्री

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

‘संस्कार शिक्षा’ मा विद्यालय र बालबालिकाको आकर्षण बढ्दो

त्रिविले माग्यो ९ जना प्राध्यापक {विवरणसहित}

त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थीको क्षमता बढ्यो

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक

‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता