सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनामा जोड

२०८० चैत्र २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा औद्योगिक क्षेत्र स्थापनामा जोड दिएको छ । प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै उद्योग विकासका निम्ति औद्यागिक क्षेत्र स्थापनामा जोड दिएको हो ।

प्रदेशमा प्राकृतिक तथा सांस्कृतिक सम्पदा, विशिष्ट पारिस्थितिकीय प्रणाली, सबल सामुदायिक संरचना तथा सम्बन्ध, उद्योगी र व्यवसायीका नवप्रवर्तनका माध्यमबाट प्रदेशलाई समुन्नत बनाउन सहयोग पुग्ने गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए।

स्थानीय तहमा औद्योगिकग्राम स्थापना गर्ने र पुँडीटार र लोकाहाखोलामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने काम अगाडि बढे पनि अरु आयोजनाले गति लिन नसकेको आयोगले जनाएको छ ।

सोमबार सार्वजनिक गरिएको आधारपत्रमा समयमा किसानले मल नपाउँदा अन्न उत्पादन अपेक्षाअनुरुप नभएको तथा सिँचाइ सेवा विस्तार नहुँदा निर्धारित लक्ष्य हासिल नहुने जनाइएको छ ।

आधारपत्रमा कृषि क्षेत्रमा वार्षिक औसत पाँच दशमलव पाँच प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरिएको थियो । पशुपक्षी तथा मत्स्यजन्य उत्पादनमा आत्मनिर्भर हुने लक्ष्यविपरीत दूध र मासुको उत्पादन पनि घट्दो क्रममा रहेको आधारपत्रमा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण भ्रमण

सशस्त्रको नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाको नयाँ प्रवक्तामा गौरवकुमार केसी

आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौंः मुख्यमन्त्री जम्कट्टेल

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन्ः प्रधानमन्त्री

यस्तो छ साेमबार विदेशी मुद्राको विनिमय दर

प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सिंहबीच भेटवार्ता

गोरखा-जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोलीलाई पाल्पामा स्वागत

नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा

नेपाल राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको छ: पूर्वअर्थमन्त्री लोहनी

न्यायालय सुधारमा प्रगति, उपलब्धि सन्तोषप्रद

देशमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकेनन्- पूर्वराजा ज्ञानेन्द्र