सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रतिनिधिसभाः चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग

२०८० चैत्र २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रतिनिधिसभाको आजको बैठकमा कोभिड–१९ पछि बन्द रहेका चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग गरिएको छ ।

बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताउनुभयो ।

उहाँले विगतमा प्रधानमन्त्रीको भ्रमणमा पनि नाका सञ्चालन हुने भनिएकामा हालसम्म के कारणले हुन नसकेको भन्ने  विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पाको रानी महलको संरक्षण गर्न माग गर्नुभयो । एमाले सांसद तारा लामा तामाङले उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर डाउन भई सेवा अवरुद्ध हुनु दुर्भाग्य भएकाले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । कांग्रेस सांसद बद्री पाण्डेले पहिरोबाट बाजुराबासीलाई प्रभावाति गराएको र मार्तडीलगायतका क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बागलुड गोलकोटबासीलाई सदरमुकामा पुगेर सेवा लिन गाह्रो भएकाले त्यहाँ प्रशासनिक कार्यालय स्थापना गर्न माग गर्नुभयो ।

शून्य समयमा सांसदहरु धवलशमशेर जबरा, वासुदेव घिमिरे, विन्ध्यवासिनी कङ्साकार, तेजुलाल चौधरी, दामोदर पौडेल वैरागी, दुर्गा राई, प्रदीप यादव, प्रमु हजारा, विनिता कठायत, ध्रुवबहादुर प्रधान, नागिना यादव, निर्मला कोइराला, नारायणप्रसाद आचार्य, निशा डाँगी, पूर्णबहादुर घर्ती मगर, प्रतिमा गौतम,  प्रतीक्षा मुखिया, दिक्पालकुमारी शाही, दीपक गिरी, दीपा शर्मा, डा तोसिमा कार्कीलगायतले समसामयिक विषय उठान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल

नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुर्नबहाली

प्रतिनिधिसभाको चालु अधिवेशनमा के-के भए काम ?

अघिल्लाभन्दा संसदका यो अधिवेशन उपलब्धिमूलकः सभामुख

संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

राष्ट्रियसभा सङ्कल्प प्रस्तावमाथि छलफल जारी

राष्ट्रियसभा बैठक बस्दैँ, यस्ताे छ सम्भावित कार्यसुची

सभामुखद्वारा इद पर्वको शुभकामना

राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

राष्ट्रियसभाको उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पुडासैनी पराजित