सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश

२०८० चैत्र २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेता सञ्जय सिंहलाई जमानत दिएको छ । दिल्लीको मदिरा नीति र मनी लान्ड्रिङ मुद्दामा पक्राउ परेका सञ्जय सिंह गत अक्टोबर ४ मा पक्राउ गरिएको थियो ।

प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली मदिरा घोटाला मामिलामा सञ्जय सिंहको नाम आफ्नो चार्जशीटमा थपेको थियो । यस विषयमा सञ्जय सिंहले निकै हंगामा मच्चाएका थिए ।

ईडीको चार्जशीटमा सञ्जय सिंहमाथि ८२ लाख रुपैयाँको चन्दा लिएको आरोप छ । दिल्ली मदिरा नीति प्रकरणमा ईडीको दोस्रो पूरक चार्जशीट मे २ मा जारी गरिएको थियो। जसमा आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डाको नाम पनि देखिएको थियो । यद्यपि उनलाई अभियुक्त बनाइएको छैन ।

दिल्लीको मदिरा नीतिमा भएको अनियमितता प्रकरणमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपमुख्यमन्त्री मनिष सिसोदियासहितका नेताहरु अहिले पनि हिरासतमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान र इजरायलबीचको दुश्मनी कसरी शुरु भयो ?

इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

कब्जामा रहेका १७ भारतीयलाई रिहा गर्न इरानलाई विदेशमन्त्री जयशंकरको आग्रह

साइप्रासकाे घाेषणाः सिरयालीलाई अब शरणार्थी मान्यता दिन सकिदैन्

अमेरिका मध्यपूर्वमा सङ्कट ‘बढेको’ हेर्न चाहँदैन

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

के हो इजरायलको एयर डिफेन्स सिस्टम ?

सलमान खानको घर बाहिर गोली चल्यो

इजरायलमा इरानी आक्रमण

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा