सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अरुणाचलको विषयमा भारतले चीनलाई दियो यस्तो जवाफ

२०८० चैत्र २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

यस विषयमा पत्रकारको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘चीनले भारतको अरुणाचल प्रदेशका ठाउँहरूलाई नयाँ नाम दिने बेतुका प्रयास जारी राखेको छ । हामी यस्तो कुनै पनि प्रयासको कडा विरोध गर्दछौं । अरुणाचल प्रदेशको वास्तविकता यस्ता नयाँ नामहरूले परिवर्तन हुने छैन ।

चीनले भारतको अरुणाचल प्रदेशका अन्य केही ठाउँलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश छन् ।’ अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ । यद्यपि भारतले उनीहरुलाई अस्वीकार गर्दै आएको छ ।

चीनको नयाँ नामले सत्य परिवर्तन नहुने र अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको उनको भनाइ छ । चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ को रिपोर्टका अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम) मा ३० स्थानको नयाँ नाम जारी गरेको छ ।

रिपोर्टमा २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो । त्यसमा छ नयाँ नाम समावेश गरिएको छ । त्यस्तै २०२१ मा १५ ठाउँमा नयाँ नाम दिइएको थियो । त्यसपछि २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो ।

हालै चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणमा आपत्ति जनाएको थियो । त्यहाँ प्रधानमन्त्रीले सेनासँग सम्बन्धित केही आयोजनाको उद्घाटन गरेका थिए । चीनले यस विषयमा आपत्ति जनाएपछि भारतले यसको जवाफ दिएको हो । विदेश मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार

नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन ः राष्ट्रपति बाइडेन

मेक्सिको सेनाले गोली चलाएको गाडीमा रहेका ११ नेपालीमध्य ३ घाइते

शान्तिपूर्ण निर्वाचनबारे विश्वस्त छैन: बाइडेन

इरान र इजरायल बीच युद्ध हुदाँ भारतीय कम्पनीहरूलाई नोक्सान किन ?

हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन आधा संख्याले घट्यो

लेबनानमा इजराइलको आक्रमण: एक सातामा २ हजारको मृत्यु

इजरायली आक्रमणमा ३७ लेबनानीको मृत्यु

अमेरिका र भारतले महत्त्वपूर्ण खनिजहरूमा सहकार्य गर्ने

सीआईएले चीन, इरान र उत्तर कोरियामा सुराकीहरू भर्ती गर्दै