सदाबहार खबरको रफ्तार ....
भाद्र २७, २०८१ बिहिबार
September 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

२०८० चैत्र २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिनुभयो । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गर्नुभयो ।

नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो ।

उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित हुनुभयो । उहाँका प्रत्यासी विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गर्नुभयो ।

सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी हुनुभयो भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाउनुभयो । उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाउनुभयो ।

महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गर्नुभयो । जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत

कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा

संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव

वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

संवैधानिक परिषद्को बैठक स्थगित

प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना सम्मानित

राजदुत नियुक्ति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

बिआरआईबाट लाभ प्राप्त गर्नेमा हामी आशावादी छौं : सचिव भट्टराई

सुदूरपश्चिमको विकासका लागि लागिपर्छुः परराष्ट्रमन्त्री डा राणा

नदी तटीय क्षेत्रसम्बन्धी फैसला पुनरावलोकनको प्रक्रिया थाल्न माओवादी केन्द्रको आग्रह

संविधान निर्माणमा नेम्वाङको भूमिका उल्लेखनीय छ : मुख्य सचेतक बर्तौला

‘सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको