सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ : प्रधानमन्त्री

२०८० चैत्र २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ ।

समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तक्र्रिया’लाई सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार पार्ने उद्देश्यका साथ आफूले नयाँ कदम चालेको उल्लेख गर्नुभयो ।

“जोखिम मोलेर नै आफूले देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो”, उहाँले भन्नुभयो, “जनताले नै सडकबाट समाजवाद जन्माउने हो । अन्ततः सडकबाटै समाजवाद जन्माउन केन्द्रित हुनैपर्छ ।”

प्रधानमन्त्री दाहालले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । देशभक्त, प्रगतिशील र समाजवादी शक्तिबीच एकता र सहकार्यको आवश्यकता औँल्याउँदै उहाँले थुप्रै चुनौतीका बीचबाट सुशासन, सामाजिक न्याय र समृद्धिलाई अगाडि बढाइएको बताउनुभयो ।

जनताको आकांक्षालाई सम्बोधन गर्न जुन बेगबाट जानुपर्दथ्यो । त्यो अवस्था विगतको गठबन्धनबाट नदेखेपछि आफूले नयाँ निर्णय गरेकोसमेत उहाँको कथन छ ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारका विरुद्ध अभियान चलाउने, सरकारी सम्पत्ति व्यक्तिमा लैजाने र तस्करीका विरुद्ध सचेत अभियान चलाइएको उल्लेख गर्नुभयो । नेकपा (माआवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादी एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।

“नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समाजवादी एवं देशभक्त र राष्ट्रवादी एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसकारण यही विषयलाई आत्मसात् गरेर मैले केही जोखिम र चुनौती मोलेरै भए पनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।”

समाजवादको जन्म कहाँबाट हुन्छ ? भन्ने तर्क आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।”

पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो ।

यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पुरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पार्नुभयो ।

नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले जनतालाई ‘डेलिभरी’ दिने गरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने स्पष्ट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य

नियम होइन, नियत बदल्नुपर्छः नेता सन्तोष चालिसे

यस्तो छ जसपाको राष्ट्रिय महाधिवेशनको कार्यतालिका

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायोः केपी ओली

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

त्रिविमा जस्तै मेरिटोक्रेसीको अवधारणा बाँकी ठाउँमा पनि अवलम्बन गर्छौं- प्रधानमन्त्री

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

एमाले संसदीय दलको बैठक बस्दैँ

नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबि, अब के हुन्छ ?

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्योः एमाले सचिवालय बैठक