सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ : अध्यक्ष नेपाल

२०८० चैत्र २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताउनुभएको छ ।

समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले जनतालाई विश्वासमा नलिई समाजवादी र वामपन्थी शक्ति अगाडि बढ्न नसक्ने बताउनुभयो ।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताभित्र देखापरेको भ्रष्टीकरण, चरम व्यक्तिवादी अवसरवादको रोग देखिएको उल्लेख गर्दै समाज बदल्ने अगुवा भनिएकाहरू नै भ्रष्ट भएकामा पूर्वप्रधानमन्त्री नेपालले चिन्ता व्यक्त गर्नुभयो ।

विकास र समृद्धिका लागि कुनै विषयले बाधा पु¥याएको खण्डमा त्यसलाई सुधार गरेर जानुपर्नेमा जोड दिँदै उहाँले आवश्यक परेको खण्डमा संविधान पनि संशोधन गर्नुपर्ने बताउनुभयो । समय र समाजको गतिशीलतालाई बुझेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले विकास, समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

निर्वाचन प्रणालीमा देखिएको विकृतिको अन्त्य गर्नु जरुरी रहेकामा जोड दिँदै उहाँले आमरूपमा उठेको विषयलाई संवाद र छलफलका माध्यमबाट निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । उहाँले देश र जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अगाडि बढाउनैपर्ने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य

नियम होइन, नियत बदल्नुपर्छः नेता सन्तोष चालिसे

यस्तो छ जसपाको राष्ट्रिय महाधिवेशनको कार्यतालिका

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायोः केपी ओली

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

त्रिविमा जस्तै मेरिटोक्रेसीको अवधारणा बाँकी ठाउँमा पनि अवलम्बन गर्छौं- प्रधानमन्त्री

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

एमाले संसदीय दलको बैठक बस्दैँ

नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबि, अब के हुन्छ ?

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्योः एमाले सचिवालय बैठक