सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लुम्बिनीमा चैत २३ र २४ गते अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुँदै

२०८० चैत्र २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, नेपाल ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना चैत २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको हो । लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा विश्वव्यापी प्रवर्द्धन गर्नुका साथै नेपाल र चीनबिचको जनस्तरको सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाउन अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्न लागिएको बताइएको छ ।

मङ्गलबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सवसहित अन्तर्राष्ट्रिय शान्ति म्याराथन, ध्यान दिवस र शान्ति कन्सर्ट गर्न लागिएको जानकारी दिए ।

कार्यक्रम अनुसार चैत २३ गते अन्तर्राष्ट्रिय ध्यान, संवाद कार्यक्रम र २४ गते अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना गरिनेछ । प्रतियोगिताको पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ४२ किलोमिटरभन्दा बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड हुनेछ । पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राका लागि ३ किलोमिटर वाकाथन पनि हुने जनाइएको छ । प्रतियोगितामा विधागत रूपमा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यस्तै शान्ति कन्सर्टमा गायिका आनी छोयिङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया लगायत गायक तथा सङ्गीतकारहरूको प्रस्तुति रहने नेपालका लागि चिनियाँ दूतावासका मिसन उपप्रमुख वाङ सीनले जानकारी दिए । उनले लुम्बिनीमा हुने सांस्कृतिक कार्यक्रमले नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै लुम्बिनीमा चिनियाँ पर्यटक आवागमनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले लुम्बिनी विश्व शान्तिको मुहान भएको बताउँदै प्रचारप्रसारका कार्यक्रममा जोड दिन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन उच्चको आदेश

नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामाः अध्यक्ष घिमिरे

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

सांसदहरूलाई ओलीको निर्देशन: पार्टीको अनुमति बिना विदेश नजानू

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ : प्रमुख आयुक्त थपलिया

पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौं- परराष्ट्र

भीम रावलको टिप्पणी- सुदूरपश्चिममा सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित

पाँच जना सचिवको सरूवा

बागमती प्रदेशः विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

आवेश र उत्तेजनाले समस्या सुल्झदैनः अध्यक्ष ओली

देउवाले भने, राजा फर्काउने कुरा असम्भव