सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पंखा चलाएर सुत्ने बानी छ ? ध्यान दिनुहोस् यी कुरा

२०८० चैत्र २१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गर्मीयाम प्रारम्भ भैसकेको छ । काठमाडौं लगायत पहाडी भूभागमा पनि पछिल्ला केही दिनदेखि गर्मी अनुभव गर्न थालिएको छ भने तराई त पछिल्लो सातादेखि नै गर्मी प्रारुम्भ भैसकेको छ ।

जाडोबाट एकै पटक गर्मी मौसम प्रारम्भ भएसँगै अहिलेको समयमा विरामी हुने सम्भावना पनि अत्यधिक हुन्छ । मौसममा जब परिवर्तन आउन थाल्छ, तब स्वास्थ्यमा समस्या आउने सम्भावना पनि बढी हुन्छ । प्रायः मानिस यो मौसममा गर्मीबाट छुटकारा पाउन पंखा चलाएर सुत्छन् । पंखा चलाएर सुत्नाले शरीरमा कस्तो असर पर्छ ? यसबाट बच्नका लागि के–कस्ता उपायहरु छन् त ?

रुघा–खोकी

जब जाडोयामबाट गर्मी मौसम शरुवात हुन्छ, तब वातावरणमा पनि विभिन्न परिवर्तन हुन थाल्छ, जसको असर स्वास्थ्यमा पनि पर्छ । हाम्रो शरीर जाडोयाममा पंखा बिना बस्नका लागि सेचुरेटड भइसकेको हुन्छ । अचानक पंखा चलाएर सुत्दा रुघाखोकिको समस्या उत्पन्न हुन्छ । पंखा चलाएर सुत्नाले शरीरमा कफको समस्या अत्यधिक बढ्छ । यसका साथै टाउको दुख्ने, घाँटि खस्खसाउने र सुत्दा घुर्ने लगायतका समस्याको सामना गर्नु पर्छ ।

एलर्जी

जब हामीलाई पंखा बिना बस्ने बानि परेको हुन्छ, अचानक गर्मी प्रारम्भ भएपछि पंखा चलाउन थाल्छौं, तब वरपरका डस्ट हाम्रो वातावरणमा बढ्छ । यसका कारणले एलर्जी, रुघा, सास फेर्न गाह्रो हुने, घाँटि खस् खसाउने समस्या हुन्छ । यसबाट बच्नका लागि आफ्नो वरपर सफा राख्नु पर्छ ।

आँखा र छाला सुख्खा हुन थाल्छ

पंखा चलाएर सुत्नाले आँखा र छाला सुख्खा हुन थाल्छ । छालाको नरमपना हराउन थाल्छ । यसबाट बच्नका लागि सबैभन्दा सही तरिका भनेको स्वयंलाई हाइड्रेटेट राख्ने र आफ्नो छाला पनि मइस्चराइज गर्नु पर्छ ।

पंखा चलाएर सुत्नुका फाइदाहरु पनि छन्

पंखा चलाएर सुत्नाले हाम्रो वरपरको वातावरण चिसो बनाइदिन्छ । जसले गर्दा शरीरमा पसीना आउन पाउँदैन र हाम्रो शरीरमा भएका प्रायः मिनिरल्स शरीर भित्रै रहन्छ, जसको आवश्यकता हाम्रो शरीरलाई अत्यधिक हुन्छ । पंखा चलाएर सुत्नाले आनन्दको निद्रा लाग्नुको साथै रिल्याक्स फिल हुन्छ ।

पंखा चलाएर सुत्नाले राम्रो निद्रा लाग्छ

पंखाबाट निस्कने आवाजले हाम्रो निद्राको क्वालिटी बढाइदिन्छ भन्ने कुरा नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित भएको सर्वेक्षणले बताएको छ । यो सर्वेक्षण ४० जना बालबालिकामाथि गरिएको थियो, जसमा पंखा चलाएर सुत्नेमध्ये ८० प्रतिशत बालबालिका केवल पाँच मिनेटमा नै गहिरो निद्रामा पुगेका थिए ।

पंखा चलाउनु अगाडि थाहा पाउनु पर्ने कुरा

मौसम परिवर्तन हुन थाल्दा विस्तारै–विस्तारै पंखाको बानी पनि बसाल्दै जानु पर्छ । यसले गर्दा शरीरले पंखाको हावाका लागि सजिलैसंग स्याचुरेट हुन थाल्छ ।

रातभरि पंखा चलाएर सुत्नबाट बच्नु पर्छ । जब पंखाको हावाले कुनै समस्या हुँदैन भन्ने लाग्छ तब मात्र रातभरी पंखा चलाउनु पर्छ ।

पहिलो दिन एक घण्टा, अर्को दिन दुई घण्टा र विस्तारै–विस्तारै शरीरलाई पंखाका लागि सेचुरेट गर्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

क्यान्सर उपचारमा २५ हजार सहुलियत

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस

चिकित्सक नहुँदा थन्किए उपकरण

२०८० मा स्वास्थ्यः कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

अचानक बिरामी भएपछि प्रदीप नेपाल अस्पताल भर्ना

बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा

लिमीका बालबालिकालाई खोप लगाइयो

भेरी अस्पतालबाट एक लाखले लिए सेवा

आम नागरीकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर हुनुपर्छः राष्ट्रपति

‘अग्निपीडितको पुनःस्थापनाका लागि सीप विकास आवश्यक’

सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिने बढे