सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अन्नपूर्ण क्षेत्रमा भित्रिए तीस हजार पर्यटक

२०८० चैत्र २१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा रविन कडरियाले बताउनुभयो । “वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ”, उहाँले भन्नुभयो, “असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ ।” यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।यो सङ्ख्या हालसम्मकै बढी भएको आयोनजा उहाँले जानकारी दिनुभयो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२१ मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेप्से परिसूचकमा १६ दशमलव ८२ अङ्कको गिरावट

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

फेरि बढ्यो सुनको मूल्य

इरान-इजरायल तनावले पेट्रोलियम पदार्थको मुल्यमा कस्तो असर पर्ला ?

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

नेप्सेमा सामान्य गिरावट

टीकापुर उद्यानमा एकै दिन ३ लाख सङ्कलन

नयाँवर्षको पहिलो दिन लुम्बिनीमा घट्यो चहलपहल, कोषको ८ वर्ष यताको तथ्यांक यस्तो छ

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

डलरको मुल्य कति, यस्तो छ आजको विनिमयदर ?