सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भिआइपीको स्पष्ट मापदण्ड बनाउन गृह मन्त्रीको निर्देशन

२०८० चैत्र २१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

विमानस्थलको सुरक्षा बलियो बनाउन राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीको नेतृत्वमा गठन भएको समितिको प्रतिवेदन कार्यान्वयनबारे सरोकारवाला निकायसँगको छलफलमा मन्त्री लामिछानेले तत्काल प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले गृह मन्त्रालयका अधिकारीहरूलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्ष (भिआइपी कक्ष) प्रयोग नगर्न पनि आग्रह गर्नुभयो ।

मन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रायः सबै निकायका प्रतिनिधिले भिआइपीको स्पष्ट मापदण्ड बनाउन र उनीहरूको आगमन र प्रस्थान व्यवस्थित गर्न निर्देशन दिनुभयो । भिआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौतीसमेत बढेको चर्चा गर्दै उहाँले सुरक्षा वा अन्य व्यवस्थापनको बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो ।

छलफलमा गृह, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगमका महाप्रबन्धक, अध्यागमन विभागका महानिर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखको उपस्थित रहेको थियो ।गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिम प्रदेशः मुख्यमन्त्रीमा एउटै पार्टीका दुई सांसदको दाबी

सर्वोच्चको सोध्यो: छायाँ सेन्टर बनेको जग्गा व्यक्तिको नाममा कसरी दर्ता भयो ?

छोरी शिक्षा बिमा अघि बढाऊ

डोल्पामा डढेलोले सातामै लियो ६ को ज्यान

दुई लाख मतपत्र छापिँदै

चैते धान रोपाइँमा किसान व्यस्त

उद्धार केन्द्रमै मर्न थाले पाटेबाघ

‘कोमा’ मा सिंहदरबार वैद्यखाना

द्वन्द्वपीडितको माग स्वास्थ्य शिक्षा र रोजगारी

दरबारमार्ग र ठमेल अब २४सै घण्टा खुला

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

पार्टी अध्यक्षताको मान्यता पाउन चौधरी सर्वोच्चमा