सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अभाको पोष्टमा अल नासरको ८ गोल, रोनाल्डोको ह्याट्रिक

२०८० चैत्र २१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अभालाई ८-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो ।

त्यस्तै अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए । यो जितपछि अल नासरको साउदी लिगमा २६ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा १२ अंकले पछाडी रहेको छ ।

त्यसैगरी अभाको भने २६ खेलमा २२ अंक छ र लिगमा १७औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइपिएलमा आज कोलकोता र राजस्थान खेल्दै

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

राष्ट्रपति रनिङ सिल्ड मंगलबारदेखि

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

जीतपुरसिमरा गोल्डकप: उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै

एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी