सिटीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने

सिटीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने

काठमाण्डौः प्रिमियर लिग च्याम्पियन टिम लिभरपुललाई म्यानचेस्टर सिटीले ‘गार्ड अफ अनर’ दिने भएको छ । सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आगामी साता घरेलु मैदानमा लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने भएको हो ।

लिगको दोस्रो स्थानमा रहेको सिटीले इतिहाद स्टेडियममा जुलाई ३ मा लिभरपुलसँग खेल्नेछ । उक्त खेलअघि सिटीले नयाँ लिग च्याम्पियनलाई ‘गार्ड अफ अनर’ दिने निश्चित भएको ग्वार्डिओलाले बताएका छन् ।

‘हामी गार्ड अफ अनर दिने छौँ । पक्कै पनि । लिभरपुल यसका लागि हकदार छ । हामीले सधै प्राप्त गर्दै आएका छौँ । जब उनीहरु हाम्रो मैदान आउने छन् । अविश्वसनीय हुनेछ उनीहरु गुनासो गर्दैनन्,’ ग्वार्डिओलाले भने ।

लिग अन्तर्गत बिहिबार राति सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले लिगको उपाधि जितेको थियो । लिभरपुलले ३० वर्ष पछि पहिलो पटक लिगको जितेको हो ।

Leave a Reply