काठमाण्डौः नेपालीहरूको महान चाड बडादशैं नजिकिएसँगै सरकारले खाना पकाउने एल.पि. ग्याँसको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँका दरले घटाएको हो ।
मूल्य समायोजनसँगै अब ग्याँस प्रतिसिलिण्डर १३५०/- रुपैयाँमा किन्न पाइने निगमले विज्ञप्ति मार्फत जनाएको छ। यद्दपी उक्त घटेको मूल्य शुक्रबार राती १२ बजेपछि मात्र लागु हुनेछ । यसैगरी निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलरमा जहाजले तेल हाल्न पाउने छन् ।