भाईबरले फेसबुकसँगको सबै व्यावसायिक सम्बन्ध तोड्दै

भाईबरले फेसबुकसँगको सबै व्यावसायिक सम्बन्ध तोड्दै

काठमाण्डौः भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यावसायिक सम्बन्ध तोड्ने भएको छ ।

भाइबरले फेसबुक कनेक्ट, फेसबुक एसडीके र जीफीलाई हटाउनुका साथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्च रोक्ने निर्णय गरेको हो ।

यो भाइबरले जनाएको बढ्दो अनलाइन अभियान ह्यासट्याट ‘स्टपहेटफरप्रोफिट’लाई साथ तथा प्राविधिक कम्पनीको बहिष्कार हो । पछिल्ला केही सातामा अमेरिकाभर फैलिएको प्रतिकार प्रदर्शनीको बीचमा एन्टी–डिफामेसन लिग एन्ड एनएएसीपीलगायत अरु ६ वटा संगठनले फेसबुकमा हुने द्वेषपूर्ण वक्तव्य–बाजीबाट प्रयोगकर्तालाई संरक्षण प्रदान गर्नमा सो कम्पनी अक्षम रहेकाले जुलाई महिनाका लागि फेसबुकमा विज्ञापन खर्च स्थगनका लागि फेसबुक विज्ञापनदातालाई आह्वान गरेका छन् ।

डाटाको गलत प्रयोगका अनगिन्ती घटना र विगतमा भएको चर्चित क्याम्ब्रिज एनालाइटीका काण्डजस्ता राजनीतिक परामर्शदातृ फर्मले ८७ मिलियनसम्म फेसबुक प्रयोगकर्ताहरूको डाटा अनुपयुक्त तबरले उपयोग गरेको घटनाका कारण फेसबुकको द्वेषपूर्ण वक्तव्यबाजीले अन्तिम रूप लिएको भनी भाइबरले देखेको हो । यसै कारण भाइबरले सो अभियानलाई अझ अगाडि लैजान फेसबुकसँगका सबै किसिमका व्यावसायिक सम्बन्धहरू तोडेको जनाएको छ ।

फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे बुझ्न निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको भाइबरको आरोप छ । भाइबर एपबाट फेसबुक टचप्वाइन्ट हटाउने प्रक्रियाले २०२० को जुलाइबाट सुरु हुने बताइएको छ । फेसबुकमा विज्ञापनका लागि गरिने खर्चमाथिको प्रतिबन्ध भने तत्कालै लागु हुनेछ ।

Leave a Reply