भारत सरकारले टिकटकसहित ५९ एप्लिकेसनमाथि लगायो प्रतिबन्ध

भारत सरकारले टिकटकसहित ५९ एप्लिकेसनमाथि लगायो प्रतिबन्ध

काठमाण्डौः भारत सरकारले टिकटकसहित ५९ एप्लिकेसनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार चीनमा निर्माण भएको टिकटकसहित अन्य ५९ एप्लिकेसनहरुको डाउनलोडमा रोक लगाइएको हो।

सोमबार एक सूचना जारी गर्दै उक्त निर्णय भएको जनाइएको हो। भारतीय सरकारको सार्वभौमिकता र अखण्डतामा आँच ल्याउने किसिमका एप्लिकेसनलाई प्रतिबन्ध लगाइएको बताइएको छ। भारत र चीनका विचमा सिमा विवाद चर्चिरहेकको समयमा यस्तो निर्णय भएको हो।

 

Leave a Reply