सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबि, अब के हुन्छ ?

२०८१ बैसाख २, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसदले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलास चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

लक्ष्मणकिशोरले नाउपाका संरक्षक रेशम चौधरी पक्षबाट र कैलाश चौधरीले अध्यक्ष रन्जीता श्रेष्ठ पक्षबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

लक्ष्मणकिशोरले नाउपासहित नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन रहेको पत्र पेस गर्दै मुख्यमन्त्रीमा दाबि गरेका छन् भने कैलाश चौधरीले नाउपासहित माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् ।

एकै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबि पेश गरेपछि प्रदेश प्रमुख मियाँले भने अब सांसदहरुको सनाखत गरेर निर्णय लिने भएका छन् । उनले मङ्गलवार सांसदहरूको सनाखत गर्ने भएको प्रदेश प्रमुखको कार्यले स्रोतले जनाएको छ ।

साथै एकै पार्टीका दुई सांसदले फरक–फरक दाबी पेस गरेकोले उनले कानूनी परामर्श पछि मात्रै निर्णय गर्ने बताएकाछन् ।

लक्ष्मणकिशोरले पेस गरेको दाबीमा १८ जना नेपाली काँग्रेसका ४ जना एकीकृत समाजवादी ५ जना नागरिक उन्मुक्ति र एक जना राप्रपा सांसदसहित २८ जना सांसदको समर्थन देखिएको छ । त्यस्तै कैलाश चौधरीले एमालेका १० जना, माओवादी केन्द्रका १० जना, नाउपाका २ जना, एकीकृत समाजवादीका ४ जना र स्वतन्त्र एक जनाको समर्थन आफुलाई रहेको भन्दै दाबी पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

एमालेको राष्ट्रिय महिला भेला सुरु

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ- प्रधानमन्त्री

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

एमालेको राष्ट्रिय महिला भेलाको आजदेखि

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने

तेस्रो जनआन्दोलनको तयारी गरौं, राष्ट्रपतीय प्रणालीमा जानुको विकल्प छैन : प्रभु साह

सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को-को छन् ?

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

यस्तो छ सहकारी बारे संसदीय छानबिन समितिको चार बुँदे कार्यक्षेत्र

गगन थापा भन्छन्- विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत बनौं