सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

(सिएमसी)मा अध्ययनरत विद्यार्थीका माग पुरा नगरे हस्तक्षेप गर्ने नेकपा (विप्लप) समुहको चेतावनी (विज्ञप्ती सहित)

२०७६ असोज ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गरिएको प्रति आपत्ति जनाउदै (सिएमसी)मा अध्ययनरत विद्यार्थीका माग पुरा नगरे हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।

सो पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा उल्लेख गरेका हुन् । उक्त विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानमा स्वास्थ्य र शिक्षालाई मौलिक हक व्यवस्था गरिएको छ । स्वास्थ्य शिक्षाको अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य माफिया र दलालहरुले संविधान कानुन र औपचारिक निर्णय समेतलाई लत्याएर लाखौं अवैध असुली गरिरहेको जगजाहेर नै छ । त्यसको विरुद्ध चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आएका छन् भनिएको छ ।

यसैगरी प्रवक्ता प्रकाण्डले कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गरिरहेको छ । केही दिनअधि कलेज प्रशासनद्वारा जारी विज्ञप्तिले त्यसको पुष्टि गर्दछ । तसर्थ समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुरोध गर्दछौं । अन्यथा समस्यामाथि हस्तक्षेप गर्न पार्टी बाध्य हुनेछ ।’ उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

देवघाटधामको पहिचान र संस्कृति समेटिएको स्थानीय पाठ्यक्रममा

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

टर्किस एयरलाइन्स विमानको टायरमा आगलागी

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

विद्यालयमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण