सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

(सिएमसी)मा अध्ययनरत विद्यार्थीका माग पुरा नगरे हस्तक्षेप गर्ने नेकपा (विप्लप) समुहको चेतावनी (विज्ञप्ती सहित)

२०७६ असोज ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गरिएको प्रति आपत्ति जनाउदै (सिएमसी)मा अध्ययनरत विद्यार्थीका माग पुरा नगरे हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।

सो पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा उल्लेख गरेका हुन् । उक्त विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानमा स्वास्थ्य र शिक्षालाई मौलिक हक व्यवस्था गरिएको छ । स्वास्थ्य शिक्षाको अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य माफिया र दलालहरुले संविधान कानुन र औपचारिक निर्णय समेतलाई लत्याएर लाखौं अवैध असुली गरिरहेको जगजाहेर नै छ । त्यसको विरुद्ध चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आएका छन् भनिएको छ ।

यसैगरी प्रवक्ता प्रकाण्डले कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गरिरहेको छ । केही दिनअधि कलेज प्रशासनद्वारा जारी विज्ञप्तिले त्यसको पुष्टि गर्दछ । तसर्थ समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुरोध गर्दछौं । अन्यथा समस्यामाथि हस्तक्षेप गर्न पार्टी बाध्य हुनेछ ।’ उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान, यस्तो छ आजको कार्यक्रम तालिका

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सरकार र आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता सुरु

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन शिक्षा मन्त्रालयको अर्थलाई पत्र

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : कावा प्रधानमन्त्री खड्का

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण