सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य

२०८१ बैसाख ३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी भएका छन् । नेकपा एमाले चन्द्रपुर नगर कमिटिको पदाधिकारी चयनका लागि आईतबार निर्वाचन भएको थियो ।

अध्यक्षका उम्मेदवार शिव आचार्यले १३९ मत प्रप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार राम बहादुर घलानले ३४ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्ष पदमा लाल बहादुर दोङ निर्वाचित भएका छन् दोङले १५१ मत प्राप्त गर्दा अर्का उपाध्यक्षका उम्मेदवार रवि रानाले ३० मत प्राप्त गरेका थिए । त्यस्तै उप सचिव पदमा जयनारायण साहले १४७ मत ल्याउदै विजयी भएका छन् । अर्का उप सचिवका उम्मेदवार डोलबहादुर ठाडा मगरले ३४ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा राम शिहासन यादव निर्बिरोध निर्वाचित भएका थिए । उप सचिव पदमा समेत सरिता पाण्डे निर्बिरोध निर्वाचित भएकी थिइन् ।

नेतृत्व चयनका लागि सर्बसम्मत प्रयास भएको भएपनि त्यसो हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन भएको निर्वाचन कमिटिका सदस्य रमेश तिमलसिनाले जानकारी दिएका    छन् ।

नेकपा एमाले चन्द्रपुरको पदाधिकारी चयनमा सर्बसम्मत हुन नसक्नुले नेकपा एमाले चन्द्रपुरमा स्पस्ट दुई धार देखा परेको छ ।

अध्यक्षमा निर्वाचित आचार्य यस पटक निर्वाचित भएसंगै तेस्रो कार्यकतालका लागि अध्यक्ष भएका हुन । उनी नेकपा एमाले रौतहटको सचिव पदमा पराजित भएपनि पुन नगर अध्यक्ष भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

एमालेको राष्ट्रिय महिला भेला सुरु

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ- प्रधानमन्त्री

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

एमालेको राष्ट्रिय महिला भेलाको आजदेखि

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने

तेस्रो जनआन्दोलनको तयारी गरौं, राष्ट्रपतीय प्रणालीमा जानुको विकल्प छैन : प्रभु साह

सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को-को छन् ?

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

यस्तो छ सहकारी बारे संसदीय छानबिन समितिको चार बुँदे कार्यक्षेत्र

गगन थापा भन्छन्- विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत बनौं