सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साउन ७ सम्म यथास्थितिकै लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

२०७७ असार १५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले हाल कायम रहेको लकडाउनको अवधि ७ साउनसम्म निरन्तरता दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए।लकडाउन असार १ गतेदेखि लकडाउन खुकुलो भएपनि पूर्ण रुपमा खुलेको थिएन।

अब लकडाउन के हुन्छ भनेर अन्यौल बढिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। यद्यपी निश्चित ठाउँको जोखिम अनुसार स्थानीय र प्रदेश सरकारले नै लकडाउन खुकुलो र कडा पार्न सक्नेगरी निर्णय भएको पनि ती मन्त्रीले बताए।

यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री लामिछाने दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न बनाए समिति

प्रेस सेन्टरले भन्योः मिलनलाई संगठनको सबै जिम्मेवारीबाट हटाइएको छ

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

वाग्मती प्रदेशमा नयाँ दल हानेपासहित सत्तारुढ दलबीच ५ बुँदे सहमति (पत्र सहित)

मन्त्रिपरिषद् बैठक सुरू

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री

गृहमन्त्री लामिछाने र बेलायती राजदूतबीच भेट

रिट दर्ता अब अनलाइनबाटै, सर्वोच्चले माग्यो यस्तो विवरण

महिलामन्त्री चौधरी र फिनल्याण्डका राजदूतबीच भेट

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच वान टू वान भेटवार्ता