सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विदेशमै अडकिए सय बढी शव

२०७७ असार १६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले समयमै विदेशमा मृत्यु भएकाको शव झिकाउन नसक्दा सय बढी उतै अडकिएका छन्। विदेशमा मृत्यु भएकालाई उतै अन्त्यष्टि गर्न दिए ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णण पनि प्रभावकारी हुन सकेको छैन।

कोरोना महामारीपछि गन्तव्य मुलुकबाट नियमित हवाई उडान हुन नसक्दा शव झिकाउन कठिनाइ भइरहेको हो। मृतकका आफन्तले चाँडो भन्दा चाँडो शव झिकाउन आग्रह गर्दै आए पनि सरकारी निकायले अहिलेसम्म छिटो शव झिकाउने उपाय फेला पार्न सकेको छैन।

विगतमा ढिलोमा दुई–तीन महिनासम्ममा शव घरसम्म पुग्ने गथ्र्यो। तर अहिले फागुनअघि निधन भएका व्यक्तिकासमेत शव विदेशमै अडकिएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार यतिखेर रोजगारीको क्रममा विभिन्न गन्तव्य मुलुकमा निधन भएका एक सय २० शव उतै अडकिएका छन्।

बोर्डका उपसचिव दीनबन्धु सुवेदीका अनुसार कोरोना महामारीपछि नियमित अन्तर्राष्ट्रिय रूपमा हवाई उडान नहुँदा शव झिकाउन कठिन भएको हो। विदेशबाट शव ल्याउन कठिन भएपछि बोर्डले गन्तव्य मुलुकमै अन्त्यष्टि गर्न सहमति दिने परिवारलाई ५० हजार रूपैयाँ दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार एक सय २६ शवलाई विदेशमा अन्त्यष्टि गर्न परिवारले सहमति दिएका छन्। नेपाल लगायत विभिन्न गन्तव्य मुलुकमा लकडाउन सुरु भएयता तीन सय ३३ को मृत्यु भएको छ। मृतकमध्ये महिलाको संख्या १५ रहेको बोर्डले जनाएको छ।

यसअवधिमा सबभन्दा बढी साउदी अरेबियामा एक सय दुई नेपालीको निधन भएको छ। त्यस्तै संयुक्त अरब इमिरेट्समा ७३, मलेसियामा ६२, कतारमा ४८, कुबेतमा १७, बहराइनमा सात, दक्षिण कोरियामा पाँच जनाको निधन भएको बोर्डले जनाएको  छ । नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतसँग ऊर्जा सम्झौता अन्योल, लोडसेडिङको जोखिम

दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

सत्तारूढ दलकै उम्मेदवारबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने

२३ निर्माण कम्पनी कालोसूचीमा

प्रदेश सरकार फेर्ने कसरत, केन्द्रीय गठबन्धनको हस्तक्षेपले राजनीतिक अस्थिरता

बनाइँदै मत्स्येन्द्रनाथको नयाँ पाङ्ग्रा

सुनकोशीमा बेपत्ता ३ मध्ये १ जनाको शव फेला

सत्तारूढ दलमै जुटेन सहमति

सशस्त्र प्रहरी बल चौबिसै घण्टा सीमा गस्तीमा

स्वदेशी पाँच वस्तुको निर्यात उच्च

भूकम्पपीडितले ४ महिनादेखि पाएनन् आवासको रकम