दुबै उडान ७ साउनसम्म नहुने

दुबै उडान ७ साउनसम्म नहुने

काठमाण्डौः आन्तरिक तथा वाह्य हवाइ उडान साउन ७ सम्म नहुने भएको छ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जारी लकडाउनलाई साउन ७ गतेसम्म कायम राखेसँगै उडान र सिमा  नाका समेत बन्द गर्ने निर्णय गरेको छ।

रक्षामन्त्रीको सचिवालयका अनुसार अन्तराष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको हो। त्यस्तै, काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ।

अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको जनाएको छ।

Leave a Reply