गण्डकीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाैंः गण्डकी प्रदेशमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहुनेहरुमा कास्कीका ८, तनहुँका ५, लमजुङका ३ र स्याङ्जाका १ जना रहेका छन् । नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । जसमध्ये २ सय १४ जना निको हुँदा २ संक्रमितले ज्यान गमुाएका छन् ।

Leave a Reply