सदाबहार खबरको रफ्तार ....
बैसाख १८, २०८१ मंगलबार
April 30, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

२०८१ बैसाख ६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको थोरै स्थानहरु साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

राती भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी  पहाडी भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले सम्भावना त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते

सेनाको सफा हिमाल अभियानः २ टनभन्दा बढी फोहोर सङ्कलन

काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

कस्तो छ आजको मौसम ?

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

सेती नदीमा एक जना बेपत्ता

कलाकार लोहनीको निधन

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

रामेछाप उडेको जहाजमा हाइड्रोलिक समस्या आएपछि काठमाडौं फर्कियो

किन्ताङफेदीमा बेली ब्रिज निर्माण