सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

६ सदस्यीय टोलीको नेतृत्व गर्दै कजाकस्तान प्रस्थान गरे सभामुख महरा

२०७६ असोज ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा सहभागी हुन कजाकस्तान प्रस्थान गरेका छन् । सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान सवा आठ बजे टर्किस एयर TK-727को बिमानबाट टर्कीको राजधानी स्तानबुल हुदै कजाकस्तानतर्फ प्रस्थान गरेका हुन्  ।

यही असोज ५ देखी ८ गतेसम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठक (Fourth Meeting of Speakers of the Eurasian Countries’ Parliaments) मा महराले सम्बोधन गर्ने कार्य्रक्रम रहेको छ ।

६ सदस्यीय प्रतिनिधि मण्डलमा सत्तारूढ लगायत प्रतिपक्ष दलका सांसदहरू मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन सहभागी रहेका छन् ।

यसैगरी कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि प्रतिनिधि मण्डलमा सहभागी हुनेछन् । उक्त टोलीलाइ त्रिभुवन विमानस्थलको अति बिशिष्ट कक्षमा संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगी लगायतको टिमले बिदाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै