सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बमजनको आश्रममा ‘लाइफ डिटेक्टर’बाट खोजी

२०७७ असार १६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः धर्मगुरु बताउने रामबहादुर बमजनमाथि नाबालिकालाई बलात्कार गरेको कसुरमा प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोगमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको हो ।

०७३ सालमा सर्लाहीको आश्रममा एक बालिकामाथि यौनशोषण गरेको अभियोग बमजनमाथि छ ।  पीडितकै जाहेरीका आधारमा  अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा मिसिल बुझाइएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले बताए ।

गत २३ फागुनमा जिल्ला अदालत सर्लाहीले बमजनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता प्रहरीले सिन्धुलीस्थित उनको आश्रममा तीनपटक छापा मारिसकेको छ ।

तर, पक्राउ गर्न नसकेपछि फरार प्रतिवादी बनाएर मुद्दा चलाउन लागिएको हो । मुद्दाको हदम्याद सकिन लागेकाले मुद्दा बुझाइएको प्रहरीको भनाइ छ ।

मुलुकी अपराध संहितामा जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिका भएको अवस्थामा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने प्रावधान छ । केही दिनभित्रै पीडित १९ वर्ष पुग्न लागेकाले प्रहरीले मुद्दा दायर गर्न लागेको हो ।

कुकुर र लाइफ डिटेक्टरबाट खोजी 
यही ४ असारमा सिआइबीको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पहिरेस्थित बोधी श्रवण धर्म संघ (बोधी मार्गदर्शन मैत्री धर्म आश्रम) मा छापा हानेको थियो ।

आश्रमका कुनाकुना खोज्दा पनि उनी भेटिएनन् ।  उनी आश्रमभित्र बंकर बनाएर लुकेको आशंकामा लाइफ डिटेक्टरसमेत प्रहरीले प्रयोग गरेको थियो ।

तैपनि उनी त्यहाँ भेटिएनन् । सामान्यतया नदीमा डुबेका तथा पहिरोमा परेका व्यक्ति खोज्न प्रहरीले यस्तो प्रविधि प्रयोग गर्छ । सशस्त्र प्रहरीसँग मात्र यस्तो प्रविधि छ । सशस्त्र प्रहरीबाटै सो प्रविधि लगेर प्रहरीले उनको आश्रममा छापा मारेको थियो ।

‘महिलाको भेषमा बसेको हुन क्ने आशंकामा पनि महिला प्रहरीहरूले चेकजाँच गरे,’ सिआइबीका एक अधिकारी भन्छन्, ‘तर, उनी केही समययता आश्रमबाहिर रहेको नै प्रस्ट भयो ।’

त्यस्तै, लाइफ डिटेक्टर र रेस्कुमा खटाइएको दुई प्रकारका कुकुरसमेत लगेर प्रहरीले छापा हानेको थियो । तर, उनी आश्रममा नभेटिएको सिआइबीका प्रवक्ता एसपी बेल पाण्डेले बताए ।

उनले अवैध रूपमा सञ्चारसेट प्रयोग गरेकामा सिन्धुली प्रहरीले तीनवटा सेट बरामद गरी कारबाही प्रक्रिया अघि बढाएको छ । बमजनलाई भगाउन सहयोग गर्ने ज्ञानकुमार बमजन र जेबी भन्ने जितबहादुर तामाङविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको छ ।

बमजनको आलिसान बसाइ, महँगा गाडी र घोडा 
सरकारी वनको जग्गा कब्जा गरेर आश्रम बनाएका बम्जनको आश्रमभित्र कम्पाउन्डरसहितको छुट्टै ‘दरबार’ छ । जहाँ आश्रमभित्रै व्यक्तिलाई समेत प्रवेश निषेध छ । उनको निवास पाँचतारे होटेलको कोठाभन्दा सुविधासम्पन्न रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै उनको डस्टर र ल्यान्डक्रुजर गाडी पनि छ । आश्रममा घोडासमेत पालिएको छ । सुविधासम्पन्न जिम खानासमेत छ । आश्रमको चारैतिर सेन्ट्री राखिएको छ । जहाँ सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । आश्रमभित्र अवैध रुपमा बंकरसमेत बनाइएको छ ।

उनको आश्रममा बस्ने तीन आनी बेपत्ता रहेको घटनामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, बेपत्ता व्यक्तिहरूको कुनै प्रमाण फेला नपर्दा प्रहरीमा जाहेरी दर्ता हुन सकेको छैन ।

लिटल बुद्ध उपनामले समेत चर्चा कमाएका बमजन सुरुमा सर्लाहीको जंगलमा बसेका थिए । पछि सिन्धुपाल्चोक सरेकोमा दुई वर्षयता सिन्धुलीमा बस्दै आएका छन् । उनको श्रीमती र बच्चासमेत छन् । नयाँपत्रिका दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ