मंगलबार थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौः नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

नेपालमा भने पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ। आज डिस्चार्ज हुनेमा २७७ महिला २ हजार ९१७ र पुरुष रहेका छन्। योसँगै नेपालमा उपचारपछि घर फर्कनेको संख्या ३ हजार १९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ७११ जना को आरटीपीसीआर परीक्षण गरिएको थियो।

Leave a Reply