उपत्यकामा एकैदिन संक्रमितको संख्या १४ पुग्यो

उपत्यकामा एकैदिन संक्रमितको संख्या १४ पुग्यो

काठमाण्डौँः उपत्यकामा मंगलबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमण देखिएका हरुमा काठमाडौंका १२ जना, भक्तपुर र ललितपुरमा १-१ जना छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परिक्षणमा २ जना पुरुष तथा भक्तपुरका एक महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँकी एक महिला र ललितपुरका एक पुरुषमा संक्रमण देखिएको बताए । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ४ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो।

Leave a Reply