सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ओहोदाको प्रमाणपत्र प्रस्तुत

२०८१ बैसाख १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

अङ्कारास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । श्री अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुनुहुन्छ ।

राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालप्रति शुभकामना व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका साथै नेपाली जनताको निरन्तर समृद्धिको कामना पनि गर्नुभयो ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट टर्कीएका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्कीएका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो ।

राजदूत अधिकारीले नेपाल र टर्कीएबीचको सम्बन्ध आपसी विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुवै देशले साझा चासोका विषयमा संयुक्त राष्ट्रसङ्घलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका बताउनुभयो । साथै उहाँले टर्कीएसँगको सम्बन्ध विस्तारका निम्ति इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदको बैठकमा ओली अनुपस्थित

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गरिने

संघीय संसद भवन पुगे राष्ट्रपति पौडेल

पूर्व ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने

देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड

सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : प्रमुख शाह

सभापति खतिवडाद्वारा पीडित परिवारलाई सहयोग

नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ- महानिरीक्षक कुँवर

अल हिलालले जित्यो साउदी लिगको उपाधि

दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै