सदाबहार खबरको रफ्तार ....
बैसाख २६, २०८१ बुधबार
May 8, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

२०८१ बैसाख १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठक भारतको श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा सम्पन्न भएको छ ।

भारतको श्रावस्ती जिल्लामा आगामी मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

भारतीय सीमावर्ती जिल्ला श्रावस्तीका डिस्ट्रिक्ट मजिस्ट्रेट कृतिका शर्माको निमन्त्रणमा बाँके र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखहरूको एक दिने समकक्षी समन्वय बैठक सम्पन्न भएको छ ।

लोकसभा निर्वाचनमा दुवै देशका सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने बैठकमा छलफल भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले बताउनुभयो ।

बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा संयुक्त निगरानी गर्ने, चेक प्वाइन्ट स्थापना गर्ने, संयुक्त गस्ती पेट्रोलिङ गर्ने र दुवै देशका सुरक्षा अधिकारीबिच सोझो सम्पर्क स्थापित गर्न सक्ने संयन्त्रको विकास गर्ने सहमति भएको दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक राम बहादुर केसीले जानकारी दिनुभयो ।

२५ मेका दिनमा सीमावर्ती जिल्लाका सीमा नाकाहरूमा चेकजाँच कडाइ गर्ने, निर्वाचन हुनु भन्दा ७२ घण्टा अगाडिबाट दुवै देशका सिमानाका बन्द गर्ने, मतदानको दिन सीमावर्ती क्षेत्रमा मदिराको बिक्री वितरण तथा उपभोगमा रोक लगाउने लगायतका विषयमा छलफल गरी कार्यान्वयन गर्ने सहमति भएको प्रजिअ पोखरेलले बताउनुभयो ।

सीमा नाका बन्दको समयमा अत्यावश्यक सेवाका दमकल, शव वाहन, एम्बुलेन्स लगायतका सवारी साधन भने नरोकिने सहमति भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेमेन्ट गेटवे प्रकरण : पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

संसद्‍मा बोल्न पाउनुपर्ने भन्दै उपप्रधानमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र

डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै आन्दोलनसहित आजपाले बुझायो ज्ञापनपत्र

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

जापानका परराष्ट्रमन्त्री आज आउँदै

ट्राफिक सचेतनामा महानायक हमाल

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने