सदाबहार खबरको रफ्तार ....
बैसाख ३१, २०८१ सोमबार
May 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इलाम र बझाङमा आज उपनिर्वाचन

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इलाम क्षेत्र नम्बर २ मा आज प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्भयका साथ मतदानमा भाग लिन निर्वाचन आयोगले अपिल गरेको छ ।निर्वाचनका लागि ७९ मतदानस्थल तोकिएका छन् । यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ । निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ । वैशाख १५ गते इलाम जिल्लाभर सार्वजनिक यातायात नचल्ने गरी सर्वदलीय बैठकले निर्णय गरेको छ । सबै केन्द्रमा निर्वाचनको व्यवस्थापन महिला कर्मचारीले गर्ने भएका छन् ।

त्यस्तै, बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा पनि आज चुनाव हुँदैछ । ९३ मतदान केन्द्रका लागि ४ सय ६५ कर्मचारी परिचालन गरिएका छन् । सबै मतदान केन्द्रका कर्मचारी निर्वाचन सामग्रीसहित मतदानस्थलमा पुगिसकेका र मतदानका तयारीमा सकिएको छ । वैशाख १३ गते नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीहरू मतदान केन्द्र पुगिसकेका थिए ।

निर्वाचन क्षेत्रभरि १२ सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन् । उपनिर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् । उपनिर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

७४ मतदानस्थलमा रहेका ९३ मतदान केन्द्रमा ३१ हजार ५ सय ४९ पुरुष र ३० हजार १ सय ९९ महिला गरी कुल ६१ हजार ७ सय ४८ मतदाताले मतदान गर्नेछन् । जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने बताए ।

बझाङमा ठूला साना दलका गरी ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
इलाममा १ लाख १५ हजार ८ सय ७९ मतदाता
बझाङमा ६१ हजार ७ सय ४८ मतदाता

२ हजार ३ सय प्रहरी खटिँदै

इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को (१) मा हुन लागेको प्रदेशसभा निर्वाचनमा २ हजार ३ सय ८७ प्रहरी परिचालन हुँदैछन् । शनिबार हुने उपनिर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार दुवै जिल्लाका ४२ मतदान स्थललाई अति संवेदनशील स्थलका रूपमा राखिएका छन् । दुइटा जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५३ मतदानस्थल छन् । जसमध्ये ४५ मतदानस्थललाई संवेदनशील स्थलका रूपमा राखिएका छन् ।

प्रहरीले उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलन गरेर प्रहरीले उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त पारिएको जनाएको हो । प्रहरीका अनुसार निर्वाचनपूर्वको सुरक्षा, निर्वाचनको दिनको सुरक्षा र निर्वाचनपछिको सुरक्षालाई अलगअलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्था लागू गरिएको छ । अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य

सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा ४१ करोड भ्रष्टाचार: विशेषमा मुद्दा खेपिरहेका पौडेलविरुद्ध अर्को मुद्दा

गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु

साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ

सत्तरी जना सगरमाथा शिखरमा

वर्ल्डलिङ्कको रिट खारेज करिब चार अर्ब राजस्व प्राप्त हुने

चालु आवभित्रै निजामती ऐन ल्याउने गृहकार्य

गिरीबन्धु प्रकरणमा सर्वोच्चको पूर्णपाठ : ‘हदबन्दी छुटको जग्गा बेच्न, मास्न र बाँझो राख्न निषेध’

नीति तथा कार्यक्रम बैठक अवरुद्ध गर्ने कांग्रेसको संकेत

टेण्डरको एक वर्षपछि रुख कटानी आदेश

दाङमा दुई महिलाको हत्या