सदाबहार खबरको रफ्तार ....
बैसाख ३१, २०८१ सोमबार
May 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

११ औँ साधारण सभा सम्पन्न

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको ११ औँ साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै महासङ्घको लेखा समिति संयोजक लेखनाथ न्यौपानेले गोरखापत्र पत्रकारिताको धरोहर भएकाले सबैले गोरखापत्रबाट पत्रकारिता सिक्नुपर्ने बताउनुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानमा लेखन व्यवस्थापनमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारको पक्षमा काम गर्न कानुनी जटिलता रहेको भन्दै ती जटिलतालाई फुकाउँदै जानुपर्ने बताउनुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय गोरखापत्रले खोजमूलक समाचार पस्कन थालेको बताउनुभयो । गोरखापत्र दैनिकका सम्पादक शिवकुमार भट्टराईले पत्रकार महासङ्घबाट पत्रकारको हकहितको काम हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मणि दाहालले गोरखापत्र राज्यको नभई जनताको हुन थालेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष सरोज ढुङ्गेलले आफ्नो तीनवर्षे कार्यकालमा भएका उपलब्धिबारे बताउनुभएको थियो ।

यसैबिच नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले आयोजना गरेको निःशुल्क आँखा शिविर कार्यक्रममा १६५ जनाको आँखाको परीक्षण गरिएको छ । गोरखापत्र प्रतिष्ठान शाखाले शुक्रबार गोरखापत्र संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीको आँखा शिविर सञ्चालन गरेको हो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य

सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा ४१ करोड भ्रष्टाचार: विशेषमा मुद्दा खेपिरहेका पौडेलविरुद्ध अर्को मुद्दा

गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु

साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ

सत्तरी जना सगरमाथा शिखरमा

वर्ल्डलिङ्कको रिट खारेज करिब चार अर्ब राजस्व प्राप्त हुने

चालु आवभित्रै निजामती ऐन ल्याउने गृहकार्य

गिरीबन्धु प्रकरणमा सर्वोच्चको पूर्णपाठ : ‘हदबन्दी छुटको जग्गा बेच्न, मास्न र बाँझो राख्न निषेध’

नीति तथा कार्यक्रम बैठक अवरुद्ध गर्ने कांग्रेसको संकेत

टेण्डरको एक वर्षपछि रुख कटानी आदेश

दाङमा दुई महिलाको हत्या