सदाबहार खबरको रफ्तार ....
बैसाख ३१, २०८१ सोमबार
May 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्ता गठबन्धनबाट टाढिन खोज्दै जसपा!

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट बनेका छन्। पछिल्ला केही घटनाले यादव प्रधानमन्त्री र सत्ता गठबन्धनबाट टाढिन खोजेको देखिन्छ। जसपाका नेताहरूले भने सत्ता गठबन्धन र प्रधानमन्त्री दाहालसँग पार्टी अन्सन्तुष्ट नभएको प्रतिक्रिया दिएका छन्।

पछिल्लो समय यादव सत्ता गठबन्धनमै रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँग निकै निकट देखिन थालेका छन्।

सत्ता गठबन्धनमै रहेका नेपाल पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमदल दाहाल र गठबन्धनको ठुलो घटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट छैनन्। नेपालले सत्ता सञ्चालनमा दाहाल र ओलीले आफूसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि पोख्दै आएका छन्। जसपा र नेकपा एसले वर्तमान सत्ता गठबन्धन छाडेमा सरकार ढल्ने सम्भावना रहन्छ।

प्रतिनिधिसभामा जसपाका १२ र नेकपा एसका १० सांसद छन्। पछिल्लो संसदीय निर्वाचनअघि जसपा र नेकपा (एस) बीच पार्टी एकतासम्मको चर्चा भएको थियो। यी दुई पार्टीबीच एकता नभए पनि शीर्ष नेतृत्व नेपाल र यादवबीचको सम्बन्ध निकै राम्रो छ।

प्रतिनिधिसभा सदस्यका लागि इलाममा हुन लागेको उपनिर्वाचनमा जसपाले एमालेका उम्मेदवारलाई सहयोग गरेका छैन। इलाम–२ मा एमाले विरोधी उम्मेदवारका रूपमा चिनिएका डकेन्द्रसिंह लिम्बूलाई जसपाले औपचारिक रूपमै सहयोग गरेको छ। जसपा प्रवक्ता मनीष सुमनले डकेन्द्र पहिचानवादी नेता भएकाले उपनिर्वाचनमा पार्टीले उनलाई साथ दिएको बताए। ‘जसपा पहिचानवादी पार्टी हो। त्यसैले हामीले पहिचानवादी नेता डकेन्द्रलाई सहयोग गरेका हौं,’ उनले भने।

माओवादी केन्द्रले नेतृत्व गरेको लुम्बनी प्रदेश सरकारमा सहभागी भएको जसपाले मन्त्रालय भागबन्डामा मुख्यमन्त्रीले उपेक्षा गरेको भन्दै सरकार छाड्ने निर्णय गरेको छ।नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य

सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा ४१ करोड भ्रष्टाचार: विशेषमा मुद्दा खेपिरहेका पौडेलविरुद्ध अर्को मुद्दा

गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु

साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ

सत्तरी जना सगरमाथा शिखरमा

वर्ल्डलिङ्कको रिट खारेज करिब चार अर्ब राजस्व प्राप्त हुने

चालु आवभित्रै निजामती ऐन ल्याउने गृहकार्य

गिरीबन्धु प्रकरणमा सर्वोच्चको पूर्णपाठ : ‘हदबन्दी छुटको जग्गा बेच्न, मास्न र बाँझो राख्न निषेध’

नीति तथा कार्यक्रम बैठक अवरुद्ध गर्ने कांग्रेसको संकेत

टेण्डरको एक वर्षपछि रुख कटानी आदेश

दाङमा दुई महिलाको हत्या